Comments Add Comment

फिनल्यान्डमा नेपाली पर्यटनको चिन्ता, प्रबर्दनका निम्ति ‘नेपाल नाइट’

२१ चैत, फिनल्यान्ड । नेपालको पर्यटन क्षेत्र प्रबर्दनका लागि फिनल्यान्डमा ‘नेपाल नाइर्ट’ कार्यक्रम सम्पन्न भएको छ।

ट्राभल एण्ड टुर अपरेटर समाज, नेपालको आयोजनामा बुधबार हेल्सिन्कीमा कार्यक्रम सम्पन्न भएको हो।

नेपालमा फिनिश पर्यटकको संख्या बढाउने उदेश्यसहित आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डको पनि सहकार्य रहेको थियो।

बिशेष गरी नेपालमा पर्यटक पठाउने फिनिश ट्राभल एजेन्सीहरु प्रति लक्षित गर्दै कार्यक्रम गरिएको हो। रुसको बिभिन्न शहरहरुमा पर्यटन प्रबद्र्धन गर्ने हेतुले नेपालदेखि आएका बोर्डका प्रतिनिधिहरुको उपस्थितिमा फिन्ल्याण्डमा पनि कार्यक्रम गर्न सहज भएको समूहका संयोजक अनिल लामाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment