Comments Add Comment

लेन मिचेपछि मिलनले लिइन् ट्राफिकको कक्षा, तिरिन् जरिवाना


गायिका मिलन अमात्यले ट्राफिक नियम उलंघन गरेपछि ट्राफिक प्रहरीलाई जरिवाना तिरेकी छिन् । ‘ट्राफिक नियम उल्लघंनको कारवाही सहित जरिवाना तिरेर क्लास लिएँ ।’ उनले फेसबुकमा लेखेकी छिन् ।

स्कुटीमा हिड्ने गरेकी मिलनले एक महिना अघि त्रिपुरेश्वरबाट न्युरोड जाने क्रममा लेन मिचेकी थिइन् । ‘सिभिल मल अगाडि थिएँ । सडकमा भिड थियो । अगाडि जान खोज्दा लेन मिचिएछ ।’ मिलनले भनिन् ।

लेन मिचे लगत्तै ट्राफिकले चिट काटेर लाइसेन्स लिएका थिए । उनले एक महिनापछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा क्लास समेत लिइन् । ‘लगातार काम परेकाले जान भ्याएकी थिइनँ, हिजो लाइन बसेर क्लास लिएँ र जरिवाना तिरेर लाइसेन्स लिएर आएँ ।’ मिलनको भनाई थियो ।

क्लास लिएर आएकी मिलनलाई लागेको छ कि ‘ट्राफिक प्रहरीले सर्वसाधरणका लागि धेरै काम गरेका छन् ।’ उनले ट्राफिकको यो कदमको प्रशंसा गर्दै भनिन्-‘ट्राफिक प्रहरीहरुले सडक दुर्घटना कम गराउन भुमिका खेल्नु भएको छ । ट्राफिक नियम पालना गर्नु हामी सबैको कर्तब्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment