+
+

चुनाव चिन्ह माग्दै निर्वाचन आयोग घेराउ, हिसिलाले जलाइन् ऐनको प्रतिलिपि

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते १२:३४

२१ चैत, काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपालसहित संसदमा नभएका ६४ दलले आज सोमबार देशभरका निर्वाचन कार्यालय घेराउ गरेका छन् ।

आन्दोलनरत दलका नेता कार्यकर्ताले काठमाडौंमा पनि जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् । स्थानीय प्रशासनले निषेधित क्षेत्रमा प्रवेश गर्न रोक लगाएपछि आन्दोलनकारीहरुले हनुमानथान नजिकै प्रदर्शन गरिरहेका छन् ।

त्यसक्रममा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले स्थानीय तह निर्वाचन ऐनको प्रतिलिपी जलाएकी छन् ।

यही ऐनको दफा २६ को उपदफा ६ र ७ का कारण संसदमा भएका बाहेकका अन्य दलले स्थानीय चुनावमा दलीय चुनाव चिन्ह नपाउने भएका हुन् ।

नयाँ शक्तिको नेतृत्वमा आन्दोलनमा उत्रिएका ६४ दलले यसलाई खारेज गर्न माग गरेका छन् ।

यसअघि निर्वाचन आयोगको केन्द्रीय कार्यालय धेराउ गर्न गएका नेताहरुमाथि प्रहरीले धरपकड गरेको थियो । साँझ प्रहरीले रिहा गरेपछि नेताहरु बाहिर निस्कन नमानेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?