Comments Add Comment

उपप्रधानमन्त्रीको वरियता विवादले क्याबिनेट ठप्प


२२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको बरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।

प्रधानमन्त्रीको चीन भ्रमणअघि चैत २ गते गते यता मन्त्रिपरिषद् बैठक बस्न नसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

क्याबिनेट बैठक बस्न नसक्दा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि फाइलहरुको चाङ लागेको गोविन्द परियारले लेखेको समाचारमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार तीन सातादेखि बैठक बस्न नसक्दा सरकारले नियमित रुपमा गर्नुपर्ने निर्णयको फाइलसमेत थन्किएका छन् ।

‘सरकारले नियमित रुपमा निर्णय गर्नुपर्ने विषय सातामा १५/२० वटा हुन्छन’, ती सचिवले भने,’तीन सातादेखि बैठक बस्न नसक्दा फाइल थपिँदै गएका छन् भने कतिपय निर्णय गर्नै पर्ने विषयहरुमा समेत सरकार मूकदर्शक बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment