Comments Add Comment

हिसिला यमीको आवाज डबिङ भयो भन्ने करिश्माले बुझेको प्रविधि कस्तो ?


आइतबार दिउँसो निर्वाचन आयोगमा धर्ना दिने क्रममा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले ‘यो देश खारेज गर’ भन्दै नारा लगाइन् । उनको नाराले सामाजिक सञ्जालमा चर्को आलोचना खेप्यो ।

हिसिला यमीले ‘देश नै खारेज गर’ भनेर नारा लगाइरहँदा त्यो आवाज केही मिडियामा क्याप्चर भयो र एकैछिनमा भाइरल भयो । ‘देश नै खारेज गर’ भनेर नारा लगाउने पूर्वमन्त्री समेत रहेकी हिसिलाको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भएपछि उनले सोमबार पत्रकार सम्मेलन गरिन् । आफूले आवेग र अर्धबेहोसीमा यो कुरा व्यक्त गरेको भन्दै उनले माफी नै मागिन् ।

तर, नयाँ शक्ति नेपालकी सदस्य समेत रहेकी नायिका करिश्मा मानन्धरको एउटा स्टाटसको चर्चा गर्न यहाँ उपयुक्त होला, जुन स्टाटस अहिले हटाइएको छ ।

उनले लेखेकी छिन्- ‘म सिनेमाको कलाकार हुँ, प्रविधि बुझ्छु । हिसिला यमीको जसले डबिङ गरेर हालेर उहाँको चरित्रहत्या गर्न खोजेको हो, तिनलाई थाहा भएनछ, खुला ठाउँमा इको आउँदैन । फेरि डबिङ गरेर अझै झुटो थपेर हाल्नुहोस् ।’

करिश्माको बुझाइमा हिसिलाको चरित्रहत्या गर्न कसैले डबिङ गरेर ‘यो देश खारेज गर’ भन्ने नारा लगाएको हो, अर्थात् त्यो आवाज हिसिलाको नै थिएन ।

तर, हिसिलाले यो आवाज मेरो नै थियो भनेर देशवासीसँग माफी नै मागिसकेपछि करिश्माको प्रविधि बुझाइ कतिसम्म कमजोर रहेछ भन्ने त प्रष्ट भइसक्यो ।

करिश्माले नयाँ शक्ति नेपालको घोषणा कार्यक्रममा अंग्रेजी बोलेर धेरै ठाउँमा चिप्लिएकी थिइन् । करिश्मा फेरि अर्को पटक चिप्लिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment