+

रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र महको सेवन यसरी गरौं

२०७३ चैत  २२ गते १६:०१ २०७३ चैत २२ गते १६:०१
रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र महको सेवन यसरी गरौं

लसुन र मह दुबै प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यदि दुबैलाई मिश्रण गरेर सेवन गर्ने हो भने, कतिपय रोगको समेत निदान गर्न सहयोग गर्छ ।

लसुन मसलेदार खानालाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । त्यसो त यसको औषधिय महत्व पनि उत्तिकै हुन्छ । त्यस्तै मह जति स्वादिलो हुन्छ, उत्तिनै लाभदायक पनि । यसले सौन्दर्य बढाउनमा खास सहयोग गर्छ ।

मह र लसुनको मिश्रण खानाले मुटुको धमनीमा जमेको वोसो निक्लन्छ । जसले गर्दा रक्त प्रवाह राम्ररी हुन पाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनदेखि जाडोमा हुने दुखाईबाट छुटकारा पाउन पनि यसको मिश्रण उपयोगी हुन्छ ।

कसरी बनाउने मिश्रण ?

यसका लागि २ वा ३ ठूलो केस्रा लसुनलाई हल्का दबाएर कुट्ने । त्यसमा शुद्ध मह मलिाउने । यस मिश्रणलाई त्यसबेला सम्म राख्नुपर्छ, जबसम्म लसुनमा राम्ररी मह मिश्रण हुदैन । अब यसरी तयार भएको लसुनलाई बिहान खाली पेट सात दिनसम्म खानुपर्छ ।

लसुन र महको मिश्रणमा एन्टि बायोटिक तथा एन्टि ब्याक्टेरियल जस्ता केहि पोषक तत्व सामेल हुन्छ, जो छाला र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । लसुनमा एलिसिन र फाइबर जस्ता न्यूटि्रएन्ट्स हुन्छ ।

के हुन्छ फाइदा ?

यस किसिमको मिश्रणले शरीरमा माटोपनका साथै कोलोस्टोर नियन्त्रण गर्न सहयोग गर्छ । मह र लसुनको मिश्रणमा फस्फोरसको मात्रा बढ्छ, जसले दाँत र हड्डी बलियो बनाउँछ । यसमा एन्टि अक्सिडेन्ट पनि हुन्छ, जो क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

गलामा इन्फेक्सन

गलामा इन्फेक्सन हुनु आम समस्या हो । यो संक्रमणको कारणले हुन्छ । मह र लसुन एकसाथ मिलाएर सेवन गर्दा गलाको समस्यामा राहत मिल्छ ।

झाडापखलामा

पेट दुख्ने तथा झाडापखला भएको अवस्थामा पनि लसुन र महको मिश्रण लाभदायक हुन्छ । यसले झाडापाखला रोक्ने काम त गर्छ नै, पेटको संक्रमण पनि हटाउछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने

शरीरमा रोगले त्यसबेला आक्रमण गर्छ, जब हाम्रो प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यदि रोगसँग लड्ने क्षमता मजबुद भयो भने शरीरमा रोगले आक्रमण गर्न सक्दैन । नियमित रुपमा मह र लसुन सेवन गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

फंगल इन्फेक्सनमा

शरीरमा जब फंगल इन्फेक्सन हुन्छ, सबै शरीरमा संक्रमण फैलन्छ र बिस्तारै कमजोर हुदै जान्छ । यस्तो अवस्थामा लसुन र महको मिश्रण निकै उपयोगी हुन्छ, जसले फंगल इन्फेक्सनको समस्याबाट मुक्ती मिल्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी