Comments Add Comment

फेसबुकमा गरिने यी गल्ती, जसले तपाईको दाम्पत्य जीवन टुट्न सक्छ

अहिले बिरलै दम्पती होलान्, जसको फेसबुक एकाउन्ट छैन । हुन त फेसबुक एकाउन्ट हुनैपर्छ भन्ने जरुरी छैन । यद्यपी सूचना प्रविधिको युगमा साथीसँग सम्पर्क बनाइराख्न, आफ्नो कुरा शेयर गर्न, नयाँ जानकारीमा अपडेट हुन फेसबुकको उपयोगिता बढ्दो छ ।

प्रयोग गर्न जाने, फेसबुक एकाउन्ट हुनुको फाइदै फाइदा छ । कतिले यसबाट आफ्नो व्यपार प्रवर्द्धन गर्न सक्छन्, कतिले आफ्नो कला प्रस्तुत गर्न सक्छन् । तर, फेसबुक दुरुपयोग हुने संभावना उत्तिकै हुन्छ र धेरैले गर्छन् पनि ।

फेसबुकमा लम्पट हुने, गलत ढंगले प्रयोग गर्ने, ब्ल्याकमेलिङ गर्ने जस्ता प्रवृत्तिसँगै फेसबुकको माध्यामबाट अपराधजन्य घटनाहरु पनि बढिरहेका छन् । यसले कतिलाई मानसिक रोगी बनाएका छन् भने कतिलाई आत्माहत्या गर्ने अवस्थामा पुर्‍याएका छन् ।

किन हुन्छ कलह

कतिको दाम्पत्य सम्बन्धमा तगारो बनेको छ, फेसबुक । फेसबुकको निहुँमा अविश्वास मात्र पैदा भएको छैन, मनमुटाव झैझगडा समेत हुने गरेको छ । कति दाम्पत्य सम्बन्ध टुट्नुमा फेसबुक नै कारक तत्वको रुपमा देखा परेको छ ।

फेसबुकको सहज पहुँचले बिवाहेत्तर सम्बन्ध बढ्ने, दम्पतीबीच मनमुटाव हुने प्रवृत्ति पनि सतहमा देखिन थालिएको छ । फेसबुकमा गरिने कतिपय यस्ता गल्ती छन्, जसले दाम्पत्य सम्बन्ध धरापमा पार्न सक्छ ।

पासवर्ड शेयर

अहिल पती-पत्नीमा झगडाको जल्दोबल्दो निहुँ भनेको पासवर्ड हो । पासवर्ड शेयर गर्ने कि नगर्ने भन्ने बिषयले पती-पत्नीमा अविश्वास र मनमुटाव पैदा गर्ने गरेको छ । पासवर्ड शेयर गर्न कतिलाई गाह्रो लाग्दैन । पती पत्नीले हरेक कुरा साझेदार गर्नुपर्छ मान्यताले पनि उनीहरु फेसबुकमा पासवर्ड लुकाउन खोज्दैनन् ।

तर, कतिले आफ्नो प्राइभेसीको कुरा गर्छन् । पासवर्ड शेयर गर्नैपर्छ भन्ने उनीहरु ठान्दैनन् । दम्पती भनेको विश्वासको बन्धन पनि हो । यस हिसाबले हेर्ने हो भने फेसबुकको पासवर्ड शेयर गर्नुपर्छ भन्ने जरुरी पनि छैन ।

खासमा पासवर्ड शेयर गर्ने वा नगर्ने भन्दा पनि दुबैले एकअर्कामा गर्ने व्यवहार कति विश्वसनिय छ भन्ने कुरा महत्वपूर्ण हो ।

पार्टनरको साथीलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु

त्यसो त फेसबुक साथी सर्कल बनाउने, नियमित सम्पर्क कायम राख्ने माध्याम हो । तर, साथी कसलाई बनाउने ? यसमा सोच्नुपर्छ । फेसबुकमा साथी बनाउनुको निश्चित उदेश्य हुन्छ । र, सबै साथी चिनेकै हुनुपर्छ भन्ने पनि छैन । तर, गलत मनासयले कसैलाई साथी बनाइन्छ भने त्यसले राम्रो नतिजा दिदैन ।

यदि आफ्नो पती वा पत्नीको साथी, जो अपरिचित छन्, उनीहरुलाई प|mेन्ड रिक्वेस्ट पठाउँदा आफ्नो पार्टनरले गलत रुपमा बुझ्न सक्छन् । यसले कलह निम्त्याउँछ ।

निजी कुराहरु पोस्ट गर्ने

फेसबुकमा नितान्त व्यक्तिगत कुराहरु शेयर गर्नु राम्रो मानिदैन । तर, कतिपयले आवेगमा वा अज्ञानताबस् नितान्त व्यक्तिगत कुराहरु पोस्ट गर्छन् । यसले उनीहरुको पारिवारिक छवि राम्रो हुँदैन । समाजमा नपच्ने स्टाटस लेख्ने, त्यस्तै फोटो राख्ने जस्ता कुराले पती-पत्नीमा झगडा निम्त्याउँछ ।

फेक आइडी बनाउने

फेक एकाउन्ट बनाउने प्रवृत्तिले पती-पत्नीमा फाटो ल्याउँछ । यसले एकअर्काप्रति अविश्वास बढ्छ । वास्तवमा फेक आइडी बनाउनु राम्रो काम होइन । हुन त मनोरञ्जनका लागि पनि कतिले फेक आइडी बनाएका हुन सक्छन् । तर, यसले राम्रो संकेत गर्दैन ।

रिलेसनसिप स्टाटस लुकाउने

फेसबुकमा बिवाहित भएर पनि कतिले अबिवाहित वा रिलेसनसिप स्टाटसमा त्यो कुरा लुकाएका हुन्छन् । यसले आफ्नो पार्टनरको मनमा नराम्रो छाप पर्न जान्छ । साथै तपाई स्वंम झुटो हुनुहुन्छ भन्ने कुरा पनि सावित हुनेछ । त्यसैले बिवाह गरिसकेपछि आफ्नो रिलेसनसिप स्टाटस खुलाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment