Comments Add Comment

सुत्केरीको मृत्युपछि लुम्बिनी अस्पतालमा तनाव, आफन्तले गरे प्रदर्शन

२२ चैत, बुटवल । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा सुत्केरी गराउन अस्पताल आएकी एक महिलाको मृत्युपछि बिरामीका आफन्तले प्रर्दशन गरेका छन् ।

चिकित्सकको लापर्वाहीले महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन चर्काएका छन् । उनीहरुले दोषी डाक्टरलाई कारबाही र पीडित परिवारलाई क्षतिपूति दिन माग गर्दै अस्पताल घेराउ गरिरहेका छन् ।

बुटवल-११, न्यु दुर्गानगर निवासी २७ वषर्ीया मिना बुढामगरको सोमबार सााझ अस्पतालमा मृत्यु भएको थियो । बिहान १० बजे हिाड्दै अस्पताल आएकी मिनालाई अस्पतालका चिकित्सकले सााझ मृतक घोषणा गरेपछि आफन्त शोकमा परेका छन् ।

सुत्केरी वेथा लागिरहेका बेला उनले निकै ग्राहो भएको, ओठमुख सुन्निएको र बच्चामाथि सर्न थालेको बताउादा पनि नर्सहरुले वास्ता नगरेको मृतकका श्रीमान कुलबहादुर बुढाको आरोप छ । सिकारु नर्सहरुको जिम्मामा छाडेर डाक्टरहरु क्लिनिकमा गएकाले श्रीमती गुमाउनु परेको उनको दाबी छ ।

मजदुर काम गर्दै आइरहेका बुढाको तीन जनाको परिवार सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । मृतक महिलाको १० वषर्ीय छोरा समेत छन् ।

अस्पतालले मृत्यु भएकी श्रीमतीको शव समेत हेर्न नदिएको श्रीमानले बताए । महिलाका आफन्तहरुले मंगलबार बिहानदेखि अस्पतालमा धर्ना दिएका हुन् ।

अस्पतालमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालका प्रवक्ता लक्ष्मीराज रेग्मीले चिकित्सकको लापर्बाही नभएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment