Comments Add Comment

‘चोर’ समातिएपछि १ अर्ब बढीको विजुली जोगियो


२२ चैत, काठमाडौं । ‘विजुली चोर’ पक्राउ परेपछि नेपाल विद्युत प्राधिकरणले झण्डै १ अर्ब बढी विजुली चुहावट हुनबाट जोगाएको छ । पछिल्लो ६ महिनाको अवधिमा नै प्राधिकरण ४ प्रतिशत विजुलीको चोरी नियन्त्रण गर्न सफल भएको हो ।

६ महिनाअघिसम्म नेपालमा उपलब्ध समग्र बिजुलीको २४ प्रतिशत चुहावट हुन्थ्यो । यसमा प्राविधिक चुहावट आधा थियो भने चोरीको आधा । तर, नेपाल प्रहरीको सहयोगमा विजुली चोरहरु पक्राउ गरेपछि विद्युत चोरी उलेख्य मात्रमा घटेको विद्युत प्राधिकरणले जनाएको छ ।

‘हामी लोडसेडिङ हटाउने र चुहावट घटाउने अभियान सँगै लगिरहेका छौं’ प्राधिकरण प्रमुख कुलमान घिसिङ भन्छन्, ‘पछिल्लो ६ महिनामा मात्र १ अर्बभन्दा बढीको विजुली चुहावट हुनबाट रोकेका छौं ।’

गतवर्षसम्म विद्युत प्राधिकरणको झण्डै ८ अर्ब रुपैयाँ बराबरको विजुली चुहावट भएर खेर जान्थ्यो ।

तराई मधेसका जिल्लाहरुमा ग्राहकले हुकिङ गरेर विजुली चोरी गर्ने गर्थे भने काठमाडौंसहितका शहरी क्षेत्रमा कर्मचारीकै मिलेमतोमा मिटर बिगारेर विजुली चोरी हुँदै आएको थियो । तर, कुलमान घिसिङ प्राधिकरणको प्रमुख भए आएसँगै लोडसेडिङ हटाउने अभियान थाले ।

त्यसक्रममा मिटर विगोरेर विजुली चोर्दै आएका प्राधिकरणका कर्मचारीसहित १६ जना पक्राउ परे । विभिन्न जिल्लामा पनि विद्युत चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न अभियान नै चलाएको थियो ।

यी पनि पढ्नुस्

बिजुली यसरी चोरिँदोरहेछ ! अनि किन नहोस् लोडसेडिङ ?

कुलमानले पाएको बेनामे चिठी पढेर सर्वेन्द्रले समाते ‘बिजुली चोर’

कुलमानको घोषणाः देशभर विहान-बेलुकीको लोडसेडिङ हट्यो

कुलमान भन्छन्- तामाकोशी बनेपछि ६ महिना विजुली बेच्छौं

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment