नायक निखिल उप्रेती अहिले आफ्नो अवस्था व्यस्त भन्दा पनि अस्तव्यस्त भएको बताउँछन् । तर, अब यसलाई व्यवस्ति गर्ने र चलचित्र कम खेलेर निर्माणमा बढी ध्यान दिने उनको योजना छ ।
निखिल र अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
अनलाइनखबरसँग पहिलो पटक ‘मस्ती टक’ गर्ने क्रममा निखिलले खुलेर कुरा गरे । निखिलसँगै नायिका अशिष्मा नकर्मीले पनि ‘मस्ती टक’मा जीवनका रमाइला क्षणहरु खुलाइन् । ‘मस्ती टक’ भित्रका निकै रमाइला खेलहरु पनि उनीहरुले खेले ।
निखिलले आफूले कम खानेकुरा खाएका कारण र मनको सुख अनुहारमा देखाएका कारण सधै नै फिट देखिएको बताए । निखिलले आफ्नो पहिरन, स्टाइल र फेसनमा सधै नै परिवारको समेत साथ रहेको सुनाए ।
यस्तै, नायिका अशिष्मा नकर्मीले पनि रमाइलो कुरा गर्दै आफूले प्रेमीसँग कुराकानी गरेर रात बिताएको स्पष्ट पारिन् । उनले, निखिल उप्रेतीसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्यको कुरा भन्दै, उनलाई ‘आई लभ यू’ समेत भनिन् ।
‘राधे’ चलचित्रमा वेपत्ता पारिएको एक नागरिकको भूमिकामा देखिएका निखिलले यो चलचित्रमा काम गर्दा धेरै पटक आफू रोएको सुनाए । उनले, ‘राधे’ सबैका लागि भएको समेत बताए ।
श्रीमति तथा नायिका संचिता लुइटेलसँग आजसम्म किन चलचित्र नखेल्नु भएको भन्ने प्रश्नमा उनले भने-‘मैले उनलाई नपत्याएर होइन, अवसर नमिलेर चलचित्र नगरेको हुँ । अब, चाडै नै गर्छु ।’
निखिल र संचिताको झगडा पनि पर्दोरहेछ । संचितासँग झगडा के कारणले पर्छ भन्ने प्रश्नमा निखिलले वास्तविकता खुलाएका छन् । यसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ ।
प्रतिक्रिया 4