Comments Add Comment

नेपालगन्जको बागेश्वरी मन्दिरमा यसरी छेडियो जिब्रो (फोटो फिचरसहित)

२३ चैत, नेपालगन्ज । यक्ष र मोक्ष प्राप्ति हुने विश्वाससहित नेपालगन्जको बागेश्वरी मन्दिरमा सयौंको संख्यामा भक्तजनहरुले जिब्रो छेडेका छन् ।

चैतेदशैंको भोलिपल्ट अर्थात रामनवमीको दिन जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा नेपालगञ्जको बागेश्वरी मन्दिरमा बर्षैंदेखि चलिरहेको छ ।

बैशाख शुक्लपक्षको परेवादेखि निरहार ब्रत बसेका पुरुष हिन्दु धर्मावलम्वीले चैतेदशैंको भोलिपल्ट जिब्रो छेडेर चढाउने चलन परापूर्व कालदेखि नै चलिआएको बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

उनले भने- ‘मेरो यो काम पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पूरा गराउन जिब्रो छेड्ने गर्छन तर भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुराहरुको हुनुपर्‍यो अरुलाई हानी हुने खालका भाकल भने पूरा हुनै सक्दैनन् ।’

उनले नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नो जिब्रो तिखो धातुले (त्रिशुल) छेड्ने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढी भक्तजनले जिब्रो छेड्ने गरेकोे बताए । उनले भने- ‘बडादशैंमा भन्दा पनि चैते दशैं र भोलिपल्ट रामनवमीका दिन जिब्रो छेड्नेहरुको संख्या बढी हुन्छ ।’ हिन्दू धर्मावलम्बीहरुले नेपालगन्जको बागेश्वरी मन्दिरमा दशै र चैतै दशै दुबैमा बक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्दा मोक्ष पाइने विश्वास छ ।

हातमा त्रिशुल लिएर थरथरी काँपी रहेका बर्दिया बेलवाका ७५ वषिर्य तेजराम महावत (मंगता)ले जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरे । उनले आफू सानै उमेरदेखि निरन्तर रामनवमीमा ब्रत बसेर जिब्रो छेड्दै आएको बताए ।

उनले भने-‘म सानै छँदा बुवा र काकासंग मन्दीरमा आएको थिए उहाँहरुले छेडेको देखेर मलाई पनि छेड्न मन लाग्यो त्यतिबेलादेखि अहिलेसम्म निरन्तर जिब्रो छेड्दै आएको छु ।’

उनका साथमा रहेका बर्दियाका गेदवका ६० बर्षीय लक्षुराम मगन्ता र भारत नानपाराका मैकुलालले पनि जिब्रो छेडेका छन् । उनीहरु सबैले आफ्नो जीवनकालको यो उमेरसम्म आइपुग्दा हरेक बर्ष जिब्रो छेडेकोको बताए ।

तीनै जनाले एकै स्वरमा भने- ‘देवीले आर्शिबाद दिएमा एकै दिनमा ४०-५० पटकसम्म छेडेर देविको दर्शन गर्ने गरेका छौ ।’

नेपालगन्जमा रहेको वागेश्वरी मन्दिरमा हरेक वर्ष जिब्रो छेडने परम्परा नै बनि सकेको छ । खासगरी अवधी र केही थारु समूदायका व्यक्तिहरुले वडा दशैं र रामनवमीमा नौ दिनसम्म निराहार ब्रत बसेर जिब्रो छेड्दा घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यशमोक्ष पाइने विश्वास गर्छन् ।

उनीहरुले छेड्न एउटै धतुको सियो प्रयोग गर्ने र छेडिसकेपछि पानको पात चबाउने गर्छन यसले संक्रमण नहुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment