Comments Add Comment

काठमाडौंले मधेसको संवेदनशीलता बुझ्न सकेन: नेता कोइराला


२४ चैत, काठमाडौं । नेपाली कााग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोईरालाले काठमाडौंले मधेसको संवेदनशीलतालाई बुझन नसकेको बताएका छन् ।

प्रेस युनियनले विहीबार वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले नेपाली कांग्रेस मधेसको मुद्दामा गम्भीर भएपनि राजधानीले भने मधेसको संवेदनशीलता बुझ्न नसकेको बताएका हुन् ।

संविधान संशोधन नभई मधेस कुनै पनि राजनीतिक गतिविधि अघि बढाउने पक्षमा नरहेको आफूले बुझेको भन्दै उनले कांग्रेसले अघि सारेको चारवटा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहको निर्वाचन हुने ठोकुवा गरेका कोइरालाले दुई चरणको निर्वाचनलाई भने ठाडै अस्वीकार गरे ।  मध्यममार्ग शक्ति मधेसी मोर्चाले निर्वाचनमा भाग नलिए जातीय द्वन्द निम्तने र त्यसले थप समस्या श्रृजना गर्ने भएकाले सहभागी गराउने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ ।

नेकपा एमालेले व्यवस्थापिका संसदमा संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न दिन्छ भन्ने विश्वास आफूमा नरहेको भन्दै सीमाङ्कनको विषय आयोग बनाएर समाधान गर्ने तर मधेसको प्रतिनिधित्व सुनिश्चतताको साथै सबै दललाई मान्य हुने गरी आयोगको कार्यादेश बनाउनुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment