Comments Add Comment

दक्षिण अमेरिकामा किन बढ्दैनन् मुसलमान ?

इस्लाम विश्वमा सबैभन्दा तिव्र दरमा बढिरहेको धर्म हो । यो शताब्दीको अन्त्यसम्ममा इस्लाम धर्मले क्रिस्चियन धर्मलाई पछि पार्दै विश्वको सबैभन्दा धेरै अनुयायी भएको धर्म बन्ने तथ्यांकहरुले देखाएका छन् । तर, यो तस्वीर दुनियाका सबै ठाउँमा लागू हुँदैन । दक्षिण अमेरिकामा यस्तै स्थिति छ ।

अमेरिकको प्यू रिसर्च सेन्टरको एक अध्ययनअनुसार ल्याटिन अमेरिका एकमात्र यस्तो इलाका हो जहाँ २०५० सम्मको अनुमानित कुल जनसंख्या वृद्धिमा मुस्लिमको वृद्धि धेरै हुनेछैन ।

सन् २०१० को तुलनामा ल्याटिन अमेरिकामा सन् २०५० मा २७ प्रतिशतले जनसंख्या बढ्ने छ । तर, यो अवधिमा मुस्लिमको जनसंख्या वृद्धि चाहीँ १३ प्रतिशत मात्र रहनेछ ।

अध्ययन अनुसार सन् २०५० सम्म विश्वभरको कुल जनसंख्यामा भने ३५ प्रतिशत वृद्धि हुँदा मुस्लिम जनसंख्याको वृद्धिदर ७३ प्रतिशत रहनेछ ।

तथ्यांक अनुसार सन् २०५० सम्ममा ल्याटिन अमेरिकामा मुस्लिमको जनसंख्या ९ लाख ४० हजार पुग्नेछ । यो सन् २०१० को जनगणना अनुसार स्पेन र इटालीको मुस्लिम जनसंख्या भन्दा पनि कम हो ।

मुस्लिम जनसंख्याको मामिलामा ल्याटिन अमेरिका नितान्त फरक छ । किनकि यहाँमुस्लिमको जनसंख्या निकै कम छ । प्यू रिसर्च सेन्टरका एक शोधकर्ताका अनुसार सन् २०१० मा ल्याटिन अमेरिका तथा क्यारेबियन देशहरुमा समेत गरी केबल ८ लाख ४० हजार मुस्लिम रहेका छन् ।

सन् २०५० सम्ममा मुस्लिम जनसंख्या वृद्धि कुन देशमा कति ?

अमेरिका तथा क्यानडामा १७९ प्रतिशत
सब सहारा अफ्रिकामा १७० प्रतिशत
मध्यपूर्व तथा उत्तरी अमेरिकामा ७४ प्रतिशत
युरोपमा ६३ प्रतिशत
एसिया प्रशान्तमा ४८ प्रतिशत
ल्याटिन अमेरिकामा १३ प्रतिशत

प्यू रिसर्च सेन्टरका अनुसार ल्याटिन अमेरिकाको यो १३ प्रतिशतको बढोत्तरी विश्वको कुल १ अर्ब ६० करोड मुस्लिम जनसंख्याको निकै सानो हिस्सा हो ।

अमेरिकी महाद्वीप तथा क्यानडामा आप्रवासीहरुका कारण मुस्लिमहरुको संख्यामा ठूलो बढोत्तरी हुने देखिएको छ । ती देशमा ठूलो संख्यामा आप्रवासीहरु आइरहेका छन् र आप्रवासीमध्ये अधिकतम मुस्लिम नै छन् । साथै ती देशलमा शरणार्थीका लागि भिसा चिट्ठा कार्यक्रम पनि रहेको छ । तर, ल्याटिन अमेरिकामा भने यसको कुनै संकेत देखिएको छैन ।

धर्म परिवर्तन

ल्याटिन अमेरिकामा १३ प्रतिशत मुस्लिमको वृद्धिको एउटा कारण धर्म परिवर्तन पनि हुनसक्छ । प्यू रिसर्च सेन्टरका अनुसार यहाँका मानिसहरु क्याथोलिक परम्परामा जन्मे हुर्केका छन् तर उनीहरु इस्लामप्रति आकषिर्त हुने गरको पाइएको छ र उनीहरुले धर्म परिवर्तनलाई स्विकार्छन् । इसाइहरुको मुस्लिममा धर्म परिवर्तन मात्र नभै इसाई धर्मभित्रैका विभिन्न रुपमा समेत धर्मान्तरण हुने गरेको पाइएको छ ।

प्रजनन्

उच्च प्रजनन दरका कारण दुनियाभर मुस्लिमको जनसंख्या बढिरहेको छ । शोधकर्ता भन्छन्ः अफ्रिकामा इस्लाम निकै मबजूत छ । यहाँ प्रत्येक महिलाहरुका ४,५ तथा ६ जनासम्म बच्चा हुन्छ । यो चलन इसाइहरुमा पनि छ । उक्त क्षेत्रमा विगतमा पनि उच्च प्रजननदर थियो । तर अहिले धेरै देशमा महिलाहरुले एक दुई वा तिनवटासम्म मात्र बच्चा जन्माउने गरेका छन् ।

धेरै मुस्लिम जनसंख्या भएका ल्याटिन अमेरिकी देशहरु

अर्जेन्टिना – ४ लाख
भेनेजुयला – ९० हजार
ब्राजिल – ४० हजार
पनामा – ३० हजार
कोलम्बिया – १० हजार
होण्डुरस – १० हजार

शोधकर्ताका अनुसार ल्याटिन अमेरिकी क्षेत्रको मुस्लिम जनसंख्या वृद्धिदर तुलनात्मक रुपमा निकै कम छ । त्यहाँ मुस्लिम जनसंख्यामा भविष्यमा उच्च वृद्धि हुने कुनै संकेत छैन । तर, अहिले भएको मुस्लिम जनसंख्यामा प्रजननदर बढ्न चाहिँ सक्ने अध्ययनले देखाएको छ ।

अर्जेन्टिना सबैभन्दा धेरै मुस्लिम भएको ल्याटिन अमेरिकी देश हो ।

यद्यपि त्यहाँ मुस्लिमहरुको मात्र प्रजननदर कति छ भन्ने रेकर्ड छैन । प्रायः जुन धार्मिक समूह सानो हुन्छ उसको कुनै छुट्टै तथ्यांक राखिँदैन

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment