Comments Add Comment

फिफा वरियतामा भुटानले नेपाललाई उछिन्यो, भारतको ठूलो छलाङ

२४ चैत, काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ विश्व वरियतामा नेपाललाई भुटानले उछिनेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा भुटान १३ स्थानमाथि उक्लिएर १६४ औं स्थानमा आइपुगेको छ । नेपाल भने १७० औं स्थानमा कायमै छ ।

भुटान गत मार्च २८ मा भएको एसियन कप छनोटमा ओमानसाग १४-० ले पराजित भएको थियो भने नेपालले फिलिपिन्ससाग ३-१ को हार व्यहोरेको थियो ।

सार्क मुलुकहरुमा भारतले ठूलो छलाङ मारेको छ । भारत ३१ स्थान माथि उक्लिएको छ र, विश्व वरियताको १०१ औं नम्बरमा परेको छ ।

अफगानिस्तान तीन स्थान माथि उक्लिँदै १५३ औं स्थानमा आइपुगेको छ । यस्तै बंगलादेश १९३ र श्रीलंका १९७ औं स्थानमा छ भने तीन स्थान tm झरेको पाकिस्तान २०१ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment