+
+

अस्पतालले भन्यो: विनोद खन्नाको स्वास्थ्यमा सुधार हुँदै छ

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २५ गते ११:४७

मुम्बई । अभिनेता विनोद खन्नाको स्वास्थ्य खराब भएको तस्बिर सार्वजनिक भएसँगै उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । यसैबीच, अस्पतालले विज्ञप्ति जारी गरेर उनको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको छ ।

खन्नाको स्वास्थ्य बिग्रिएपछि उनलाई एक साताअघि मुम्बईस्थित एचएन रिलायन्स फाउण्डेशन हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो । खन्नाको स्वास्थ्यबारे विभिन्न अफवाह फैलिन थालेपछि अस्पतालले उनको अवस्थामा तीव्र रुपमा सुधार आइरहेको दाबी गरेको हो । अस्पतालले उनी चाँडै डिस्चार्ज हुने पनि उल्लेख गरेको छ ।

खन्नाका छोरा राहुल खन्नाले डिहाइड्रेसन (शरीरमा पानीको कमी) को समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको बताएका छन् ।

अभिनेता खन्नाको स्वास्थ्य स्थिति बिग्रिएको थाहा पाएपछि सलमान खान लगायतका कलाकारहरुले अस्पताल पुगेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

खन्नाले ‘मेरे अपने’, ‘कुर्बानी’, ‘पूरव और पश्चिम’, ‘हाथ की सफाइ’, ‘हेरा फेरी’, ‘मुकद्दर का सिकन्दर’ लगायतका फिल्ममा अभिनय गरेका छन् । फिल्मी यात्राको सुरुवातमा खलचरित्र निर्वाह गरेका खन्ना सन् १९७१ मा बनेको चलचित्र ‘हम तुम और वो’ बाट नायकको रुपमा स्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?