Comments Add Comment

गभर्नरले भने-सञ्चालकले बुझुन् कि बैंकको सबै पैसा आफ्नै होइन, अब पढाउँछौं

६ महिनाभित्र देशमा समस्याग्रस्त बैंक नहुने


२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंककाे पैसा सञ्चालकले सबै आफ्नो जस्तै ठान्ने र त्यसलाई आफैंले चलाउन खोज्ने प्रवृत्ति रहेको ठहर गरेको  छ। यस्तो प्रवृत्ति रोक्न राष्ट्र बैंकले भने सञ्चालकलाई पढाउने तयारी गरेको छ र यसका लागि आवश्यक पाठ्यक्रम समेत तयार पार्दैछ ।

शुक्रबार राजधानीमा जनता बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपालले सञ्चालकलाई पनि पढाउन लागेको जानकारी दिएका छन् ।

उनले भने ‘सञ्चालकहरुले पनि पढ्न पर्ने भएको , बैंकमा भएको पैंसा सबै आफ्नै हो भन्ने सोच छ, यसलाई सच्याउन जरुरी छ यसैका लागि नै पाठ्यक्रम तयार पार्न लागेका हौ ।’

नाफामा होइन बिकासमा केन्द्रित हुन आग्रह

बैंकहरु अहिले नाफामुखी भएको गभर्नर नेपालले बताएका छन् । बैंकहरु क्षणिक नाफाको लागि नभई विकास निर्माणमा केन्द्रित हुनपर्ने उनको भनाइ छ ।

गभर्नरले भने ‘ विकास निर्माणमा सहयोग पुग्ने क्षेत्रमा लगानी गर्नुस्, क्षणिक नाफा गरेर सञ्चालकलाई खुसी पार्ने काममा केन्द्रित नहुनुस् ।’

नीतिगत परिवर्तनको तयारी

अहिले बैंक तथा बित्तीय संस्था सञ्चालका लागि बनेका निती नियममा राष्ट्र बैंकले परिवतर्न गर्ने तयारी गरिरहेको छ । के कस्ता नीतिगत परिवर्तन गर्न लगिएकेा हो भन्ने बारेमा भने गभर्नरले केहि बताएनन् ।

उनले भने ‘अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंकका नीति नियम परिवर्तन गर्ने सोचमा छौं , सीसीडी रेसियो ८० प्रतिशत पुग्न लाग्या बैंकलाई थाहा हुन्न र यसलाई पनि हामीले नै सजग गराउन पर्ने स्थिति छ अब यस्तो नहोस् भनेर नै केही नीतिगत परिवर्तन गर्ने तयारीमा छौं ।’

विकासका लागि पुँजीको अभाव

देशमा विकासका लागि पुँजीको अभाव भएको गभर्नर नेपालको भनाइ छ । ठूला-ठूला आयोजना निर्माणकेा लागि देशमा आवश्यक पुँजी नभएको उनले बताए ।

बिकास निर्माणका लागि भारतले लोकल बोन्डमार्फत कामहरु अघि बढाइरहेको छ । र यो सफल पनि भएको छ । तर नेपालमा भने यसको चर्चा चलेको पाचँ वर्ष भयो तर अझै लोकल बन्ड जारी गर्ने व्यवस्था हुन सकेको छैन ।

लोकल बोन्ड जारी गरेसँगै विकासका लागि बिदेशी वित्तीय निकायको मुख ताक्नुपर्ने बाध्यता हट्छ ।

८ अर्ब पुँजी केका लागि

गभर्नर नेपालका अनुसार राष्ट्र बैंकले बाणिज्य बैंकले २ अर्बको पुँजी कायम गर्नपर्ने व्यवस्था गर्दा देशको अर्थतन्त्रको आकार ६ सय अर्बको थियो । तर अहिले देशको अर्थतन्त्रको आकार २५ सय अर्बको भइसकेको छ ।

उनले भने ‘ अब पनि बैंकको दुई अर्बको पुजी राख्ने त ? हो यही स्केललाई वृद्धि गर्नका लागि नै पुँजीको आकार बढाउनै पर्ने बाध्यता थियो ।’

साथै उनले देशका ठुला आयोजनामा बैंकले लगानी गर्न सकुन् भनेर नै पुँजी बढाएकेा बताए । नेपालले थपे ‘ मर्ज भएर बैक तथा वित्तीय संस्था ठूलो भएपछि बैंकको पु्ँजी ठूलो हुन्छ जसले मुलुकको अर्थतन्त्र मजबुत पार्न सहयोग गर्दछ साथै यसबाट निक्षेपकर्ताको रकम पनि सुरक्षित हुन्छ । ‘

६ महिनाभित्र देशमा समस्याग्रस्त बैंक नहुने

उनका अनुसार पुँजी वृद्धिका कारण धेरै बैंक आर्थिक रुपमा बलिया भएका छन् । उनले भने ‘अब , १० देखि १५ करेाड डुबेर बैंक समस्याग्रस्त हुँदैनन्’ ।

अबको छ महिना भित्र देशमा समस्याग्रस्त बैंक नहुने समेत जानकारी दिएका छन् । समस्याग्रस्त बैंकहरुको अवस्थामा सुधार आएकेा र त्यस्ता सस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय सस्थाले लगानी गर्न खोजेको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment