Comments Add Comment

एकाएक बदलियो झाडुवालीको भाग्य

नेपालकी तरकारीवाली र पाकिस्तानका चायवालाको चर्चा त खुबै भयो । अहिले फेरि ब्राजिलकी एक झाडुवालीको चर्चा छ ।

आखिर भाग्यले कहिले पल्टाबाजी खान्छ भन्ने कसलाई के थाहा हुन्छ र ? यी ब्राजिली युवतीको कहानी यस्तै छ । रिटा माटोज नामकी युवती सडकमा झाडु लगाउने काम गर्थिन् । तर अहिले उनको हाइहाइ छ ।

वास्तवमा ती झाडुवालीको एउटा फोटो हालै इन्टरनेटमा खुब भाइरल बन्यो । सोही एउटा फोटोले आफ्नो जिन्दगी यतिधेरै बदलिदिनेछ र आफु यतिधेरै लोकपि्रय हुँला भनेर उनले कल्पना पनि गरेकी थिइनन् ।

२५ वर्षकी रिटा निकै सुन्दर छिन् । उनले हरेक दिन सडकमा झाडु लगाउने क्रममा एक दिन कार्यस्थलमै एउटा फोटो क्लिक गरेर इन्टरनेटमा अपलोड गरिदिइन् । ती सुन्दर झाडुवालीको फोटो इन्टरनेटमा धेरैले मन पराए र हेर्दा हेर्दै भाइरल बन्यो । हजारौँ मानिसहरुले उक्त फोटो शेयर पनि गरे ।

बिहान साढे ४ बजे उठेर दिनभर १२ घण्टासम्म सडकको सफाइ तथा नालीहरुको सफाइ गर्ने रिटालाई आफ्नो फोटो चर्चित बनेको देखेर सुरुमा त मानिसहरुले आफ्नो मजाक गरिरहेको जस्तो लाग्यो । तर जब उनले अनलाइनमा आएका कमेन्ट्सहरु हेरिन् तब हौसिइन् र खुसी भइन् ।

खुसीको कुरा उनलाई विभिन्न ग्लामर कम्पनीहरुले मोडलिंगको अफर गरे । अहिले ती झाडुवाली रिटा हट मोडेलको अवतारमा प्रकट भैसकेकी छिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment