Comments Add Comment

सौगात र श्रृष्टीको ‘लालपूर्जा’को लफडा के हो ?

छायांकन सकिएको चलचित्र ‘लालपूर्जा’ २ निर्माताका कारण लफडामा परेको छ । निर्माताद्धय माधव वाग्ले र टेकेन खड्काविचको आरोप-प्रत्यारोपले चलचित्र लफडामा फसेको हो । निर्माता खड्काले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रबाट माधव वाग्लेलाई हटाइएको बताएका छन् । उनले अब उप्रान्त ‘लालपूर्जा’मा वाग्ले निर्मातको रुपमा नरहेको बताए ।

निर्माता खड्काले वाग्लेले लगानी गर्छु भनेको पैसा नगरेको बताए । वाग्लेले आजसम्म ३ लाख २ हजार रकम लगानी गरेको र उनलाई सो रकम अब फिर्ता गर्ने समेत बताएका छन् । यस्तै, वाग्लेले दिएको ५ लाखको चेक समेत वाउन्स भएको खड्काको आरोप छ । उनले आफूहरुले वाग्लेको चरित्र हत्या गर्न नखोजेको भन्दै वाग्लेले हाइलाइट्स नेपालबाट ३५ लाख लिएको र सो रकम चलचित्रमा लगानी गरिसकेको सुनाए ।

वाग्लेले कुल लगानीको ३० प्रतिशत रकम निकाल्नुपर्ने भएपनि ननिकालेको खड्काले बताएका छन् । चलचित्रका लागि हालसम्म ८० लाख खर्च भैसकेको खड्काले अनलाइनखबरलाई बताएका छन् ।

यता, हाल अमेरिकामा रहेका निर्माता वाग्लेले भने आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका छन् । फेसबकुमा स्टाटस लेख्दै उनले भनेका छन्-‘ मलाई आर्थिक हिनामिनाको आरोप लगाई लालपूर्जाबाट निकालिएको भन्ने भनाइप्रति खेद व्यक्त गर्न चाहन्छु । मैले आफ्नो हिस्सा वापत लगानी गर्नुपर्ने रकम सहि समयमा सबै तिरेको सम्पूर्ण प्रमाण मसँग छ । जुन आवश्यक परेको खण्डमा पेश गर्न तयार छु ।’उनले आफू नेपाल नभएको समयमा आफ्नो मानहानी गरिएको समेत बताएका छन् ।

सौगात मल्ल, कामेश्वर चौरासिया, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । विक्रम सिंह यसका कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment