+
+
Shares

नवाज कप फुटबल अप्रिल अन्तिम सातादेखि

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २७ गते १६:१६

९ अप्रील, सिड्नी । सन् २०१७ को नवाज फुटबल प्रतियोगिता यही अप्रील महिनाको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

अस्ट्रेलियामा रहेका फुटबल पारखी तथा फुटबल खेलाडीहरुलाई हौसला प्रदान गर्दै नेप्लीज अष्टे्रलियन वेलफेयर सोसाइटी ९नवाज० ले प्रत्येक वर्ष संचालन गर्दै आएको फुटबल प्रतियोगिता यसै अप्रील अन्तिम सातादिख सुरू हुने भउके हे ।
खेल प्रतियोगिताका बारे नवाजका अध्यक्ष बिनोद शर्माले दिएको जानकारी अनुसार उक्त खेलमा १७ वटा टिमको सहभागिता रहनेछ ।

चार वटा समूहमा विभाजन गरेर खेलाइने खेलमा ग्रुप ‘ए’ मा ग्य्रानभिल राइनोज फुटबल क्लब, अबन फुटबल क्लब, सेन्ट जर्ज नेप्लीज क्लब, क्लब नेपाल र फुटबल क्लब डाँफे रहनेछन ।

त्यस्तै ग्रुप ‘बि’ मा माछापुच्छे क्लब, सिड्नी नेप्लीज क्लब, सगरमाथा क्लब, बेनी फुटबल क्लब रहेका छन् ।

ग्रुप ‘सी’ मा सेन्ट जर्ज फे्रन्डस् क्लब, तामाङ रिक्रियसनल क्लब, लालिगुँरास क्लब र हन्स्बी फुटबल क्लब रहेका छन् ।

त्यस्तै ग्रुप ‘डि’ मा दि गोर्खा राइजिङ क्लब, वाइड भिजन यूथ क्लब, दि ब्रिगेड क्बल र फेवा क्लब रहेका छन् ।

विजेताहरुलाइ विभिन्न पुरस्कारहरुको ब्यबस्था गरिएके छ । अन्तिम दिन नाइन ए साइड नवाज कप पनि हुनेछ । नवाज कपको पुरस्कारको लागि जम्मा चार हजार डलर छुट्याइएको छ नवाजले बताएको छ ।

सुरुका चरणमा प्रत्येक आइतवार ११ बजे, १ बजे र ३ बजे गरी तीन वटा खेल लिडकम स्थित वाइड पार्कमा संचालन हुनेछ ।

खेलमा उपस्थित भएर खेलाडीहरुको हौसला बढाइदिनुहुन पनि अध्यक्ष शर्माले नेपाली समुदायका खेलप्रेमीहरुलाई आग्रह गरेका छन् ।
यस वर्ष सिड्नी मेट्रो कलेज नवाज कपको टाइटल स्पोन्सर रहेको छ ।

सन् १९९९ मा गैरनाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपालीहरुबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबल खेलको आयोजना गर्दै आएको छ ।

कुन ग्रुपमा कुनकुन टिम हेर्नुस 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?