+
+
Shares

बढेको मूल्य घटाउन सिमेन्ट उत्पादक सहमत

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २७ गते १२:२२


२७ चैत, काठमाडौं । नेपाली सिमेन्टहरुमा हालै भएको मूल्यवृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएको छ ।  आइतवार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु सँगको छलफलमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीलाई आग्रह गरे ।

छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्यवृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरुलाई आइतबार नै पत्राचार गर्ने बताए ।

नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाइ कम गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सिमेन्ट उपभोक्ताहरुलाई उपलब्ध गराउन के कस्ता उपायहरु अवलम्वन गर्नुपर्नेछ भनी अध्ययन गर्न उद्योग मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्य समेत रहेको एक अध्ययन समिति समेत गठन गरिएको छ ।

सो समितिले सरकारलाई नेपाली सिमन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने बिषयमा अवलम्वन गर्नुपर्ने नीतिगत सुधारका सम्वन्धमा सुझाव दिनेछ ।

अन्तराष्ट्रिय बजारमा कोईला र क्लिङ्गकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरुले आफ्नो उत्पादनमा प्रतिवोरा २० रुपैंया देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि गरेको थियो ।

नेपाली सिमेन्ट उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यातमुखी बनाउन उद्योग मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफु तत्पर रहेको मन्त्री जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?