Comments Add Comment

डिपिएलको प्रवर्धनात्मक खेलमा नेपाल-११ बिजयी

२७ चैत, कैलाली । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणार्थ खेलिएको मत्रीपूर्ण खेलमा पारस खड्का नेतृत्वको नेपाल-११ टिमले पदम केसी नेतृत्वको धनगढी ११ टिमलाई ३१ रनले पराजित गरेको छ ।

धनगढी प्रिमियर लिगको उदघाटनका रुपमा खेलाइको प्रवर्धनात्मक खेलमा खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल-११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६१ रन बनायो ।

नेपाल-११ को लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेल्दै ६८ रन बनाए उनले ४४ बलको सामना गर्दै ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै बसन्त रेग्मीले ४३, शरद भेसावकरले १९ र मेहबुब आलमले १० रनको योगदान दिए ।

धनगढी-११ का बलर बिक्रम ठगुन्नाले ४ ओभरमा २१ रन खर्चँदै ४ विकेट लिए त्यस्तै सागर भण्डारी र कप्तान पदम केसीले समान १-१ विकेट लिए ।

१ सय ६२ रनको लक्ष पछ्याएकत्त धनगढी-११ ले निर्धारित ओभमा ८ विकेटको नोक्सानीमा १ सय ३० रन मात्रै बनाउन सक्यो ।

धनगढीको लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले ३४ रन योगदान दिए भने दिपेन्ऽ ऐरीले २६, रोशन अधिकारीले १७ रनको पारी खेलेका थिए ।

बलिङतर्फ नेपाल-११ का शक्ति गौचनले ३ विकेट लिने क्रममा ४ ओभर बलिंग गर्दै २४ रन खर्चिए । सोमपाल कामीले २ विकेट लिए भने मेहबुब आलम, सन्दिप लामिछाने र अविनाश कर्णले १-१ विकेट हात पारे ।

खेलमा उत्कृष्ठ बलिङ गर्दै ४ विकेट लिएका धनगढी-११ का युवा बलर बिक्रम ठगुन्नाले पारस खड्का लगायत खेलाडीको विकेट लिन पाउँदा गर्व महसुस गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment