+
+

त्यो चिट्ठी, जसले अमेरिकालाई विश्वयुद्धमा तान्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २७ गते १८:५१

पहिलो विश्वयुद्धमा अमेरिका ६ अप्रिल १९१७ मा सामेल भएको थियो । तर युद्धको बाटो भने दुई महिना पहिले नै तय भैसकेको थियो । जब जर्मन सरकारले बि्रटिस टापुको चारैतर्फ तटीय जलक्षेत्रमा गैरप्रतिबन्धित पनडुब्बी हमलाको युद्धनीतिलाई पुनः सुरु गर्ने निर्णय गर्यो, तब अमेरिका युद्धमा तानियो ।

अर्को शव्दमा भन्नुपर्दा त्यो समुद्रमार्गबाट गुज्रिने हरेक जहाजमा हमला गर्ने नीतिको पुनरागमन थियो जसमा अमेरिकी जहाज पनि पर्दथे ।

तटस्थ रहने अमेरिकी नीति

अमेरिकाका राष्ट्रपति उड्रो विल्सन विपक्षीको घोर विरोधका बाबजुत अढाई वर्षसम्म आफ्नो देशलाई युरोपेली संघर्षबाट दूर राख्नका लागि नाजुक राजनीतिक संन्तुलन बनाईराख्न कामयाव रहे ।

विल्सन एउटा धैर्यशील गम्भीर बुद्धिजिवी थिए, उनी प्रेस्बिटेरियन स्कटका बंशज थिए । अमेरिकी गृहयुद्धका दौरान उनको बाल्यकालका अनुभवहरु निकै कडा थिए । सोही कारण उनले सन् १९१४ मा सुरु भएको पहिलो विश्वयुद्धमा अमेरिकालाई टाढा राख्न चाहन्थे ।

यो एउटा यस्तो लडाइँ थियो जसको असर तथा उद्धेश्य उनले देखेका थिए । त्यस लडाइँमा भाग लिएर अमेरिकी विदेशी नीतिलाई कुनै फाइदा नहुने उनको विचार थियो ।

तटस्थ रहनु विल्सनको आदर्श वाक्य थियो र सोही धुरीको आधारमा उनले युरोपेली देशहरुप्रति व्यवहार गरिरहेका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति थियोडोर रुजवेल्ट लगायतका कैयन् आलोचकहरुका नजरमा त उनी सोँच र कारवाही दुबैमा तटस्थ बनिसकेका थिए ।

निकै उक्साहटका बाबजुत पनि युद्धका सुरुवाती सालहरुमा विल्सन आफ्नो तटस्थता नीतिमा कायम रहे ।

यसको सबैभन्दा ठूलो उदाहरण भनेको मे १९१५ मा देखियो । जब दक्षिणी आयरल्याण्डको तटमा एक जर्मन पनडुब्बीले आरएमएस ल्युसतानिया नामको बि्रटिस यात्री जहाजलाई आक्रमण गरी ध्वस्त पारिदियो । जसमा झण्डै १२ सय मानिस मारिएका थिए, जसमध्ये १२८ जना अमेरिकी नागरिक थिए ।

सेप्टेम्बर १९१५ को मामिलामा हस्तक्षेपका लागि आन्तरिक विरोध बढिरहेको थियो । तब विल्सनले विना चेतावनी जहाजहरुलाई नडुबाउन जर्मनीलाई आदेश दिए ।
यस प्रकारले विल्सनले सावधानीका साथ सतर्कता कायम राखे । यहाँसम्म की अर्को वर्षको उनको चुनावी नारा पनि यहीँ थियो, ‘उनले हामीलाई युद्धबाट बाहिर राखे ‘।

मुस्किलले सही उनले चुनाव जिते । ३१ जनवरी १९१७ मा जब युरोपमा संघर्ष सकियो तब उनले सिनेटमा एक भाषणका क्रममा कानूनविदहरुसँग दुबै देशहरुबीच शान्तिको आधार बनाउनका लागि सहयोगको अपिल गरे ।

तर विल्सन अचानक आफ्नो विचार परिवर्तन गर्न बाध्य हुनुपर्यो ।

त्यो एउटा चिठी र टेलिग्राम

सिनेटमा आफ्नो भाषणको एक हप्तापछि वाशिंटन डिसीमा जर्मनीका राजदूत योहेन हेनरिक फन बर्नस्ट्रफले अमेरिकी विदेश मन्त्री रोबर्ट लेसिंगलाई बोलाए ।
बर्नस्ट्रफसँग एउटा चिठी थियो जसमा जर्मनीले समुद्री मार्गमा पनडुब्बी हमलाको आफ्नो नीतिलाई चालु गर्ने घोषणा गरेको थियो ।

बस, यहीँबाट अमेरिकाको युद्धमा सामेल हुने उल्टो गिन्ती सुरु भयो ।

पहिले कूटनीतिक सम्बन्ध त टुटिसकेको थियो । अघिल्लो निशाना थियो त्यो बीचको विन्दु जसलाई विल्सनले ससस्त्र तटस्थता भन्दथे । किनकी कुरा यहीँ टुंगिइसकेको थिएन ।

जर्मनीका विदेशमन्त्री आर्थर सिमरमनको तर्फबाट एक टेलिग्राम मेक्सिको पठाइएको थियो, जुन प्रेसमा सार्वजनिक भयो र मानिसहरुमा क्रोध उत्पनन गराउने कारक बनेको थियो ।

जर्मनी दूतावासका माध्यमबाट मेक्सिकोसँग सिमरमनले एक प्रस्ताव राखेका थिए जसमा प्रष्टरुपमा लेखिएको थियो : आउ एकसाथ मिलेर युद्ध गरौँ, आउ एकसाथ मिलेर शान्ती कायम गरौँ ।

वास्तवमा यसका माध्यमबाट जर्मनीले मेक्सिकोलाई अमेरिकाको विरुद्धमा युद्धमा सामेल हुनका लागि आर्थिक सहयोगको प्रस्ताव गरेको थियो र टेक्सास, एरिजोना तथा न्यु मेक्सिकोको भुभाग पुनः प्राप्त गर्नका लागि कदम चाल्न आग्रह गरेको थियो । ती भूभागलाई १९ औँ सताब्दीमा शक्तिशाली उत्तरी छिमेकीले मेक्सिकोबाट जितेका थिए ।

२९ मार्चमा जर्मन विदेशमन्त्रीले एक भाषणका बेला उक्त टेलिग्रामको विषय पुष्टि गर्दै अमेरिकाको सत्रुतापूर्ण व्यवहारका कारण ऊ विरुद्ध त्यस्तो नीति अख्तियार गर्नु न्यायोचित रहेको बताए ।

एक अनिवार्य कदम

२ अपि्रलमा विल्सनले संसदमा सम्बोधन गर्ने क्रममा आफुले एक निकै गम्भीर तथा दुखद कदम उठाउन थालेको जानकारी गराए । जर्मनको उक्त कारवाहीलाई अमेरिकी सरकार तथा जनताको विरुद्ध जर्मनीले युद्धको घोषणा गरेको रुपमा लिएको उनको भनाई थियो ।

ससस्त्र तटस्थता निरर्थक भैसकेको थियो । किनकी यसको माध्यमबाट जर्मन पनडुब्बी हमलाबाट जहाजहरुको रक्षाका लागि तैनाथी असम्भव थियो ।

विल्सनले भनेः हामी जर्मन जनताको विरुद्धमा छैनौँ । उनको लागि हाम्रो मनमा सहानुभुति र मित्रताको भाव छ । तर लोकतन्त्रका लागि विश्व सुरक्षित हुनु आवश्यक हुन्छ ।

त्यसपछि १६ अप्रिल १९१७ मा राष्ट्रपति उड्रो विल्सनले एक आधिकारिक विज्ञप्तीमा हस्ताक्षर गरे । यो सागै अमेरिका पहिलो विश्वयुद्धमा सहभागी भएको थियो । बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?