Comments Add Comment

चरिकोटमा सशस्त्रको जीप पल्टियो, १ को मृत्यु, २ घाइते

२८ चैत, काठमाडौं । सशस्त्र प्रहरीको जीप सोमबार  बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

जीप चालकको मृत्यु भए पनि उनको परिचय खुलेको छैन ।

डिएसपी शम्भुजंग थापा र बडिगार्ड शिव कुसवार माझी घाइते भएका हुन् । उनीहरुको उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

गंगुरबाट चरिकोट आउँदै गरेको जीप कालिञ्चोक गाउँपालिका–७, झमाछीमा पल्टिको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

डिएसपीको टोली  जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन  सदरमुकाम चरिकोट आउँदै थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment