Comments Add Comment

बियरमा नयाँ बिकल्प, यति ब्रुअरीको ‘अर्ना लाइट’ र ‘अर्ना स्ट्रङ्ग’ बजारमा


२८ चैत, काठमाडौं । यति ब्रुअरीले दुई नयाँ बियरहरु बजारमा ल्याएको छ । क्लब ट्वेन्टी-फाइभ टंगालवुडमा भएको अनावरण कार्यक्रममार्फत अर्ना लाइट र अर्ना स्ट्रङ्ग सार्वजनिक गरिएको हो ।

यी नयाँ बियरहरुले नेपाली बियर उपभोक्ताहरुलाई थप विकल्प तथा थप आकर्षण प्रदान गर्नेमा कम्पनी विश्वस्त देखिएको छ । अब अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोरहरूमा सबैतिर उपलब्ध भएको छ ।

अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो-क्यालोरी बबियर हो । कम क्यालोरी भएको यो बियर “हाइ अन फन, लो अन क्यालोरी” भन्ने मूख्य सन्देश लिई बजारमा आएको छ ।

यो बियरले स्वादलाई प्राथमिकता दिँदै उपभोक्ताहरुले बियरमा चाहने हरेक गुणलाई प्रस्तुत गर्नुका साथै क्यालोरी र कार्बको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको फिट्नेशमा पनि ध्यान दिएको छ ।

नयाँ वर्षको आगमनसँगै प्रस्तुत गरिएको यो बियरले सबै बियरप्रेमीहरु माझ एक फरक र ताजा विकल्प ल्याई नेपालको बियर बजारको परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको कम्पनीको दावी छ ।

स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी अतिरिक्त क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यो बियरलाई २५ प्रतिशतसम्म बढी समयको लागि “ब्रिउ” गरिएको छ ।

सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २० प्रतिशत र कार्ब ३४ प्रतिशत कम छ । यो बियरले साथीभाई तथा घनिष्ठहरुसँग भेटघाटमा रमाइला पलहरु बिताउन चाहने जोकोहीलाई पनि एक अनुपम विकल्प प्रदान गर्नेछ भने आधुनिक जीवनशैलीको मागलाई पूरा गर्दागर्दैअब स्वादमा पनि कुनै किसिमको सम्झौता गर्नु नपर्ने दावी कम्पनीको छ ।

कार्यक्रममा बोल्दै कप्मनीका जेनेरल म्यानेजर अरुण केसीले भने-“अर्ना लाइटको अनावरण हाल उपभोक्ताहरुमा देखिएको एक स्वस्थ जीवनशैलीको चाहना तथा बियरको रोजाइमा आएको परिवर्तनका कारण भएको हो । त्यसैले अर्ना लाइटले बियर बजारमा एक फरक पृष्ठ सुरु गर्न गइरहेको छ, जसले उपभोक्तहरुलाई उनीहरुले खोजिरहेको फरक विकल्प तथा बियर क्याटेगोरीमा एक भेराइटी प्रस्तुत गर्नेछ, त्यो पनि स्वादमा । एउटा यस्तो बियरको मजा लिने समय आएको छ, जुन उनीहरुको जीवनशैलीमा एकदमै उपयुक्त छ, अर्ना लाइट ।”

अर्ना लाइट बियरको लञ्च एक वृहत बजार व्यवस्थापन क्याम्पेनसँगै हुनेछ । साथै अन्य विभिन्न स्याम्पलिङ्ग एक्टिभेसनहरु मार्फत पनि बढि भन्दा बढी उपभोक्ताहरु माझ यसको सन्देश पुर्‍याइनेछ । कार्यक्रममा कम्पनीले अर्ना स्ट्रङ्ग बियरको पनि अनावरण गरेको थियो, जुन “स्ट्रङ्ग” स्वाद चाहने उपभोक्ताहरुलाई ध्यानमा राख्दै ल्याइएको हो ।

“चढ्छ मज्जाले” भन्ने बजार प्रवर्द्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वादका पस्कने निश्चित भएको कम्पनीले जनाएको छ ।

अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रालिद्वारा चितवनको चैनपुरमा तयार गरिएको हो र यी बियरहरु ६५० मिलि बोतलमा क्रमशः ४.६ प्रतिशत र ६.५ प्रतिशत अल्कोहल प्रतिबोतलका साथ बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment