+
+

अब आस्वाबाट सेयरभर्दा बढीमा १ सय शुल्क लाग्ने

लगानीकर्ताले वेबसाइटबाटै सेयर फारम पाउने व्यवस्था हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २८ गते १७:०२

२८ चैत, काठमाडौं । अब आस्वा (बैंक खातामा रहेको निक्षेप सेयर नपर्दासम्म त्यहि रहने गरि सेयरमा आवेदन दिन सकिने व्यवस्था) बाट सेयर भर्दा लगानीकर्ताले अधिकत्तम १ सय रुपैया तिरे पुग्ने भएको छ । यसअघि सो सुविधा दिने बैंकहरुले ग्राहकसँग अधिकत्तम २ सय ५० रुपैयाँसम्म लिन सक्ने व्यवस्था रहेको थियो ।

धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, (आस्वा सम्वन्धी) २०७३ संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । आस्वा सेवा दिदा निष्कासन तथा विक्री प्रवन्धकले प्राप्त गर्ने शुल्क १० रुपैयाँ बनाएर र बोर्डमा वुझाउनु पर्ने ३ प्रतिशत शुल्क हटाएर ग्राहकले तिनुपर्ने शुल्क कम गरिएको हो । धितोपत्र बोर्डका अनुसार आस्वा प्रणाली शुरुभएयता सार्वजनिक निष्कासन भएका ३ संस्थामा करीब ६० प्रतिशत रकमको आवेदन यही प्रणालीबाट भएको छ ।

यो प्रणालीमा लगानीकर्ताको सहभागिता बढेपछि बोर्डले सरकारी स्वामित्व रहेको वाणिज्य वैंकलाई यसमा सहभागी गराउने, ७५ जिल्लावाट आस्वा प्रणाली मार्फत दरखास्त दिन सकिने व्यवस्था गर्न लागिएको छ । लगानीकर्ताले वेभसाइटवाट सहज ढंगले दरखास्त फारम प्राप्त गर्न सक्ने व्यवस्था पनि गरिन लागेको छ ।

अन्य संशोधन यस्ता रहेका छन् :

निष्काशन भएको धितोपत्र तोकिएको समयावधि भित्र विक्री भए नभएको यकिन गर्ने तथा दरखास्त सम्वन्धी अभिलेखलाई व्यवस्थित, छिटो छरितो र सहज गराउने

सम्वन्धित वैंक वा वित्तीय संस्थाले समेत दरखास्त साथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि कम गर्ने ।

धितोपत्र खरिद दरखास्त फारमलाई सरलीकृत गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?