Comments Add Comment

आईजीपी नियुक्तिमा सर्वोच्चको फैसलाको सम्मान भएको छः प्रधानमन्त्री

मूल्यांकन विधि नै नयाँ बनाउने घोषणा

२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी नियुक्तिमा सर्वोच्चको फैसलाको सम्मान र कार्यकारीको अधिकार रक्षा दुबै भएको बताएका छन् । साथै उनले अब मूल्यांकन विधि परिर्माजन गर्ने घोषणा गरे ।

मंगलबार संसदको सुशासन समितिको बैठकमा उपस्थित प्रधानमन्त्री प्रचण्डले भने, ‘केही ढिलो त भयो । तर, हामीले जुन प्रक्रियाले आईजीपी नियुक्त गरेका छौं, यसले अदालतको फैसलालाई सम्मान गरेक छौं र आईजीपी नियुक्त गर्ने कार्यकारीको अधिकारको पनि रक्षा गरेका छौं ।’

प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय विधि संगत र राजनीतिक रुपमा प्रेरित नभएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी नहुने सुनिश्चित गर्न मूल्यांकन विधि नै नयाँ बनाउने समझदारी भएको जानकारी दिए ।

आईजीपी नियुक्तिमा राजनीतिक चलखेल हुँदा शान्ति सुरक्षामै असर परेको भन्दै उनले भने, भविश्यमा आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी नहोस् भन्नका निम्ति मूल्यांकन विधि नयाँ बनााउने समझदारीमा सरकार पुगिसकको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment