+
+
Shares

राजेशदेखि रेखासम्म: अव दर्शकले पत्याउन छाडेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३० गते १२:३९


समय अनुसार चलचित्रको विषय परिवर्तन भएन भने लोकप्रिय अनुहार पनि गुमनाम हुन सक्छन् । कुनै वेलाका असाध्यै चर्चित एकथरी अनुहारलाई अहिलेका पुस्ताका दर्शकले विस्तारै विर्सन थालेका छन् । उनीहरुको चलचित्र व्यस्तता अहिले खासै छैन भन्दा पनि हुन्छ । कुनै समय चलचित्रको काउनडाउनमा सधै नम्बर १ मा पर्नेहरु अहिले विस्तारै हराएका छन् । हेरौं उनीहरु को को रहेछन् ।

राजेश हमाल

कुनै समय यस्तो पनि थियो कि राजेश हमालको नाम सुन्ने बित्तिकै दर्शक मात्रै हैन, निर्माता समेत लोभिन्थ्यो । एकै वर्षमा १० बढी चलचित्रमा समेत काम गरे हमालले । यतिसम्म कि वर्ष सकिन लाग्दा तयार पारिने चलचित्रको सूचीमा धेरै कमाउने पनि उनकै अभिनय रहेको चलचित्र हुन्थ्यो ।

तर, अहिले वाषिर्क काउनडाउनमा हमालको नाम कतै पनि आउँदैन । उनका भाई पुस्ताका हिरोहरुको बोलवाला निकै बढेको छ ।

शम्भुजीत वास्कोटा

चलचित्र संगीतमा एकछत्र राज थियो संगीतकार शम्भुजीत वास्कोटाको । वर्षमा दर्जन बढी चलचित्रमा संगीत दिने क्षमता राख्ने बास्कोटाको संगीतमा विविधता पनि हुन्थ्यो । एउटा समय यस्तो थियो कि उनको प्रतिस्पर्धी नै हुँदैन थियो । अवार्ड कार्यक्रम होस् या वाषिर्क काउनडाउनमा उनको अगाडि अरु सबै संगीतकार फिक्का लाग्थे । तर, अहिल शम्भुजित काउनडाउनबाट हराएका छन् ।

करिश्मा मानन्धर

सुन्दरी नायिकाको उपाधी पाएकी करिश्मा मानन्धरको चर्चा निकै हुन्थ्यो । करिश्माले अभिनय गरेका चलचित्र असफल नै किन नहोस्, उनको चर्चा भएकै हुन्थ्यो ।

अभिनय भन्दा बढी सौन्दर्यले चर्चा पाएकी करिश्माको अहिले पनि वेला वेलामा चर्चा त हुन्छ । अहिले कुनै कलाकर्मी भन्दा पनि राजनीतिज्ञको रुपमा उनी बढी चर्चित छिन् ।

यी बाहेक अन्य केहि चलचित्रकर्मी छन्, जो अहिले चलचित्रमा त्यती साह्रो सक्रिय छैनन् । नायिका रेखा थापा पनि अब विस्तारै उत्कृष्ट नायिकाको काउनडाउनबाट हराउन थालेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?