+
+

सौर्य एयरलाइन्सको भैरहवा-काठमाडौं उडान सुरु

सलमान खान सलमान खान
२०७३ चैत ३१ गते १५:२६


३१ चैत, भैरहवा । सौर्य एयरलाइन्सले बिहीबारदेखि पुन: भैरहवा-काठमाडौं दैनिक उडान सुरु गरेको छ ।

मुलुकको ५ वटा शहरबाट सेवा दिदै आएको एयरलाइन्सले बिहीबारदेखि भैरहवाबाट पनि उडान सुरु गरेको हो ।

भैरहवा-काठमाडौंका लागि प्रत्येक दिन बिहान ९ बजेर १० मिनेट उडान भर्ने एयरलाइन्सले जनाएको छ ।

२ वर्षअघि स्थापनाको चरणमा भैरहवा काठमाडौँ सेवा सुरु गरेको एयरलाइन्सले विमान अनुसारको आई.एफ.आर एपरोच नभएको कारण दुई महिनामा आफ्नो सेवा बन्द गरेको थियो ।

एयरलाइन्सले अगामी महिना भित्र एक नयाँ जहाज थपेसँगै नियमित रुपमा भैरहवा कामाण्डौं दैनिक दुई उडान भर्ने एयरलाईन्सका प्रबन्धक निर्देशक गोपाल भट्टराईले जानकारी दिए ।

उनले क्यानेडाको बोम्वार्डियर कम्पनीमा निर्मित ५० सिट क्षमता भएको सिआरजे २०० सिरिजको जहाज यात्रुहरुका लागि निकै सुरक्षित र आरमदायी रहेको दावी गरे ।

काठमाडाँै-भैरहवा सहित काठमाडौँ नेपालगञ्ज, काठमाडाँै भद्रपुर र काठमाडौं विराटनगर सेवा प्रदान गर्दै आएको एयरलाईन्सले छिट्टै थप एक विमान आएसँगै काठमाडौं धनगढी पनि उडान भर्ने प्रबन्धक निर्देशक भट्टराईले बताए ।

एयरलाइन्सको भैरहवा स्टेशन ईन्चार्ज नितिनकुमार श्रीवास्तवले जेट इन्जिन जडान गरिएको सौर्यको विमानले अन्य विमानको तुलनामा कम समयमा -१९ देखि २२ मिनेटमा) भैरहवा देखि काठमाडौं पुगिने दावी गरे ।

४१ हजार फिट माथिसम्म उड्न सक्ने क्षमता भएको उक्त विमान साढे चार घण्टासम्म निरन्तर रूपमा उड्न सक्ने एयरलाईन्सले दावी गरेको छ ।

विमानमा यात्रा गर्दा ध्वनि प्रदुषणरहित रहेको एयरलाईन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?