
३१ चैत, सिराह । जिल्ला अदालत सिराहाले स्वतन्त्र मधेस अभियान चलाएका सीके राउतलाई १० हजार धरौटीमा छाड्न आदेश दिएको छ । तर, धरौटीमा छाटे लगतै फेरि फक्राउ परेका छन् ।
राउतविरुद्ध राज्य विरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको थियो । तर, अदालतले बिहीबार १० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
धनुषाको जनकपुरमा पक्राउ गरी सिरहा ल्याइएका राउतविरुद्ध राज्यविरुद्ध संगठित अपराध अन्तर्गतको मुद्दा चलाइएको थियो । पटकपटक म्याद थपेर अनुसन्धान चैत २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको थियो ।
बिहीबार धरौटीमा छुटे लगतै प्रहरीले पक्रार गरेर रुपन्देही पठाएको छ । अदालतले धरौटीमा रिहा गर्ने आदेश दिनु पहिले नै ‘केही विषयमा अनुसन्धान गर्नुछ’ भन्दै रुपन्देही प्रहरीले राउतलाई बुझाउन आग्रहसहित पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया 4