Comments Add Comment

क्रेगिबर्न नेपाली समाजद्वारा नयाँ वर्षको शुभकामना अादानप्रदान

१३ अप्रील, मेलबर्न । नेपाली नयाँ बर्ष २०७४ को पूर्व सन्ध्यामा क्रेगिबर्न नेपाली समाजले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

मेलबर्नको उत्तरी सबर्ब क्रेगिबर्नमा बसोबास गर्ने नेपालीहरु भेला भई स्थानीय पार्कमा बार्बिक्युसहित गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बालबालिका, नेपालबाट आएका अभिभाबक लगायत दुई सय जनाको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष केशब कंडेल, एनआरएन अस्ट्रेलियाका सचिब टोनु घताने, नेपाली एसोसियसन अफ भिक्टोरियाका पूर्व अध्यक्ष बम योन्जन, अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल कम्युनिटीका ऋषि कंडेल, गान्धी भट्टराई, एनआरएन अस्ट्रेलिया नर्दन टेरिटोरिका पूर्व सदस्य गणेश पौडेल, क्रेगिबर्न नेपाली समाजका सस्थापक आर.सी. सापकोटा र समाजका अध्यक्ष प्रेम प्रसाद कंडेलले आफ्नो भनाइ राखेका थिए ।

बक्ताहरुले क्रेगिबर्न नेपाली समाजको सकृयता, समुदायको एकता र आपसी सद्भाबको खुलेर प्रशङ्सा गरेका थिए ।

सोही अवसरमा एभरेस्ट फाइनान्सले गरेको र्‍याफलमा लक्की ड्र बाट प्रेम प्रशाद कंडेल र रिना श्रेष्ठ बिजेता बनेका थिए ।

क्रेगिबर्न नेपाली समाज त्यो भेगका नेपालीहरुको छाता संगठन हो । सस्थाले सन २०१५ देखी अस्ट्रेलियामा जन्मे हुर्केका नेपाली बाल्बालिका हरुलाई नेपाली भाषा तथा संस्कृति सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएकोछ भने महिलाहरुका लागि योगा कक्षा र समाजमा खेलकुदका बिभिन्न गतिबिधीहरु पनि गर्दै आएको छ ।

यसैगरी नेपाली महाबाणिज्यदुत कार्यालय भिक्टोरियाले पनि नयाँ बर्ष २०७४ को अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गरेको छ ।

तस्वीरः बसन्त श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment