Comments Add Comment

‘रक्सी नखाने’ गगन थापाको अभियानमा प्रचण्डको साथ

स्वस्थ मार्गमा हिँड्ने प्रधानमन्त्रीको प्रतिवद्धता


१ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्वस्थ्य मार्गमा हिँड्ने प्रतिवद्धता जनाएका छन् । स्वाथ्य मन्त्रालयको आयोजनामा नयाँ वर्षका दिन राजधानीमा आयोजना गरिएको पदयात्रामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्डले अभियानको झण्डा फहराएर रंगशालाबाट पदयात्राको उदघाटन गरे ।

स्वास्थ्य मन्त्रालयले ‘मेरो वर्ष’ एप्स नै सार्वजनिक गरेर नयाँ वर्षमा स्वास्थ्यसम्बन्धी सचेतना अपनाउने जनाएको छ । यही जनचेतनाका लागि शुक्रबार बिहान राजधानीमा सरकारी उच्च अधिकारीहरुको सहभागितामा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

रक्सी नखाने प्रतिवद्धता

स्वास्थ्य मन्त्री गगन थापाले ‘मेरो वर्ष- म स्वस्थ्य- मेरो देश स्वस्थ्य’ भन्ने नारा अघि सारेका छन् । र, यो अभियानमा रक्सी नखाने लगायतका पाँच प्रतिवद्धता सार्वजनिक गरिएका छन् । स्वास्थ्य मन्त्रालयले स्वस्थ्य जीवनका लागि सार्वजनिक गरेका ५ प्रतिवद्धता यस्ता छन्-

– म रक्सी, चरोट र सूर्तिजन्य पदार्थ खान्न ।
– म नियमित व्यायाम गर्छु ।
– म स्वस्थ्य र पोषिलो खाना खान्छु ।
– म नियमित स्वास्थ्य परीक्षण गराउँछु ।
– म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु ।

 

गगन थापाको प्रश्न- फलफूल खाने कि चुरोट ?

त्यस्तै स्वास्थ्य मन्त्री गगनकुमार थापाले रक्सी नखाने लगायतका पाँच प्रतिवद्धता अवलम्बवन गर्न सके मात्रै पनि राज्यले स्वास्थ्य उपचारमा खचँर्दै आएको अर्ब रुपैयाँ जोगाउन सकिने बताए ।

मन्त्री थापाले नेपालमा हाल देखिएको नसर्ने रोगको माहामारीलाई लडाइको संज्ञा दिँदै सरकार र नागरिक दुबै मिलेर एउटै दिशामा हिँड्न सकेमात्र यो लडाइँ जित्न सम्भव भएको बताए ।

उनले भने- ‘उपचारकै कारण आफ्नो खल्तीबाट धेरै पैसा खर्चने देशमा हाम्रो देश अगाडि छ । आज गरिएका यी प्रतिवद्धताले मात्रै पनि स्वास्थ्य उपचारमा खर्चँदै आएको अबौर्ं रुपैयाँ हामी जोगाउन सक्छौं । यसका लागि हामीसित छनौट पनि छ ।’

मन्त्री थापाले प्रश्न गरे- ‘दिनमा पाँचवटा चुरोट खाने कि फलफूल खाने ?’ यो विषय छनोट गर्न सके आफ्नो स्वास्थ्यमा धेरै सुधार गर्न सकिने हुदाँ सबै मिलेर प्रतिवद्धता जनाउन जरुरी रहेको बताए । यसै अभियानमार्फत उनले आम जनतालाई स्वस्थ रहनसमेत उनले अपिल गरे ।

स्वस्थ रहन ठूलो काम गर्नुपर्दैनः मनिषा कोइराला

‘म स्वस्थ मेरो देश स्वस्थ’ भन्ने नाराका साथ स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार आयोजना गरिएको ‘मेरो वर्ष अभियान-०७४’ नामक राष्ट्रिय अभियान उद्घाटनमा नायिका मनिषा कोइरालाले क्यान्सरविरुद्ध आफूले गरेको संघर्षबारे बताउँदै सबैलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिन् ।

अभियानकी अतिथि नायिका कोइरालाले घरैमा गरिने सानो प्रयासले पनि आफ्नो स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सकिने बताइन् । उनले भनिन्- ‘स्वस्थ रहन ठूलो काम गर्नुपर्दैन ।’

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगको जोखिम बढेको बताउँदै यस विरुद्ध जनचेतना फैलाउन पनि अभियान आयोजना गरिएको स्पष्ट पारे ।

अभियानका थप तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment