Comments Add Comment

दुर्घटनामा एक जनाकाे मृत्यु

१ वैशाख, नुवाकोट । स्कुटर दुर्घटना हुँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक तार्केश्वर नगरपालिका– ११ जरङ्खुका २० वर्षीया रुपा तामाङ रहेको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

नयाँ वर्ष मनाउन साथीसँग ककनी आउँदै गर्दा ककनी गाउँपालिका– १ पहिरो भन्ने स्थानमा आज बिहान स्कुटर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि बस्ने २२ वर्षीया सिर्जना श्रेष्ठ गम्भीर घाइते भएकी छिन् । स्वास्थ्य उपचारका लागि उनलाई काठमाडौँतर्फ पठाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

बा ७९ प ९०९८ नम्बरको स्कुटर पासाङल्हामु सडकखण्डको ककनी गाउँपालिका–१ स्थित पहिरो भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment