Comments Add Comment

नयाँ वर्षमा सयौं पुगे चन्द्रागिरिमा

१ बैशाख, काठमाडौं । नयाँ वर्ष २०७४ मनाउन चन्द्रागिरिमा आन्तरिक पर्यटक तथा दर्शनार्थीको ठूलो भीड लागेको छ।

अपरान्ह साढे १२ बजेसम्ममा झण्डै ६ हजार ५ सयले टिकट लिईसकेका र हजारौं टिकट लिने लाईनमा रहेको आईएमई ग्रुपका पब्लिक रिलेशन प्रमुख राजु पौडेलले जानकारी दिए ।

कम्पनीले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक ले९लेण्डको ४२ सीट क्षमताको बस सेवा सञ्चालन गर्दै आएको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्दै आएका छन् ।

काठमाडौंको दक्षिण(पश्चिममा अवस्थित चन्द्रागिरी डाँडा धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने एवं बाहृय पर्यटकहरुको नेपाल बसाईलाई एकदिन लम्ब्याउने उद्देश्यले डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडको स्थापना भएको हो ।

समुन्द्री सतहबाट करिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment