१ बैशाख, बाँके । नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रीय प्रसारण शुक्रबारबाट पुनः सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रसारणको शुभारम्भ गरे ।
२०५३ सालमा स्थापना भएको कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रमा तत्कालीन विद्रोही नेकपा माओवादीले २०६१ फागुन १३ मा आक्रमण गरेपछि प्रसारण बन्द गरिएको थियो ।
प्रसारण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोका (सचिन)ले धेरै समयको मेहनतबाट कोहलपुर क्षेत्रीय प्रसारण शुभारम्भ भएको भन्दै केन्द्रीय प्रसारणका खास-खास कार्यक्रम प्रसारण गरे पनि यसलाई स्वायत्त संरचनाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4