Comments Add Comment

सेयरमा १ लाख लगानी गर्नेले ५ लाख कमाए

वर्षअन्त्यसम्म ११ कम्पनीले टिकाए उच्च वृद्धि


१ बैशाख, काठमाडौं । गत वर्ष नेप्से परिसूचकले नयाँ रेकर्ड त बनायो नै धेरै लगानीकर्ताहरुले उच्चतम लाभ पनि पाए ।

गत वर्ष नेप्से हालसम्मको सर्वाधिक उचाई १८८१ (२०७३ साउन १२ गते) को बिन्दुमा पुगेर वर्षको न्युनत्तम बिन्दु १२५२ सम्म आएर पुन : उकालो लाग्ने क्रममा १६९७ मा अन्त्य भयो । बजारले यो उतारचढाव कायम गरिरहदा पनि अघिल्लो वर्ष २०७२ को चैत अन्त्यमा प्रवेश गरेर २०७३ चैत अन्त्यमा नै बाहिरिएका लगानीकर्ताहरुले ११ कम्पनीमा भने अहिलेसम्म उच्च प्रतिफल पाएको देखिएको छ ।

एक वर्ष अगाडी यी कम्पनीका सेयर खरिद गरेर कसैले गत चैत ३१ गते बेचेको भए एक वर्षमा उनीहरुले ६० प्रतिशतदेखि ५ गुणासम्म प्रतिफल हात पार्न सफल भएको देखिन्छ । यो प्रतिफल कम्पनीले दिएको लाभांश तथा हकप्रद बाहेकको हो अर्थात् मूल्य परिवर्तनबाट मात्रै लगानीकर्ताले यस्तो प्रतिफल पाएका हुन् ।
त्यतिखेर यदि कसैले यि कुनैपनि कम्पनीमा १ लाख रुपैयाँ लगानी गरेका थिए भने मूल्य परिवर्ताटै उनीहरुले साँवा बाहेक न्युनत्तम ७२ हजारदेखि ४ लाख २० हजारसम्म प्रतिफल पाएको देखिन्छ ।

तर, साउन १२ गते बजार उच्च अवस्थामा हुँदा यिनै कम्पनीमा लगानी गरेकाहरु भने मूल्य परिवर्तनको आधारमा हेर्दा अहिले पनि ११ देखि ४६ प्रतिशतसम्म नोक्सानमा छन् । त्यसैले बजारमा लगानी गर्दा यी पक्षलाई भने ध्यान दिनुपर्दछ ।

वर्ष अन्तरको मूल्यको आधारमा सबैभन्दा धेरै लाभ देखिएका लघुवित्त कम्पनीहरु बजारमा सूचीकृत भएका नयाँमध्येका भएकोले पनि लगानीकर्ताले यत्रो दरमा नाफा कमाएका हुन् । लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिदै आएको छ । यही वर्गमा पर्ने यी कम्पनीहरु तुलनात्मक रुपमा कम मूल्यका भएकोले पनि आर्कषण देखिएको हो ।

यता, वर्षौदेखि चुक्तापुँजी वृद्धि हुने हल्ला चलेका बिमा कम्पनीको पुँजी वृद्धि गर्न बिमा समितिबाट निर्देशन आएपछि यिनमा आकर्षण कायम रहेको हो ।
हुनतः बार्षिक मूल्य परिवर्तनको आधारमा बजारबाट गुमाउनेहरु पनि कम छैनन् ।

 

उनीहरुले कम्पनी अनुसार २४ देखि ४० प्रतिशतसम्म गुमाएका छन् । यसमा पनि कम्पनीले प्रदान गरेको लाभांश र हकप्रदको गणाना नगरिएकोले यही दरमा नोक्सान भयो भन्न सकिने अवस्था भने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment