Comments Add Comment

७ रन जोड्दा ४ विकेट, तर मम्बईले बेङ्ग्लोरलाई जित्यो

१ बैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले बेङ्ग्लोर रोयल च्यालेन्जर्समाथि रोमाञ्चक जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा मुम्बईले बेङ्ग्लोरमाथि ४ विकेटको जित हात पारेको हो । १४३ रनको लक्ष्य पछ्याएको मुम्बईकोे सुरुवात निकै खराब थियो । श्यामुअल बद्रीले घातक बलिङ गर्दै हृयाटि्रक विकेछ लिएपछि मुम्बईले मात्र ७ रन जोड्दा चार विकेट गुमाइसकेको थियो ।

पाथिव पटेल ३, जोस बट्लर २ रनमा आउट हुँदा रोहित शर्मा र मिचेल मिक्लेनाहान शुन्यमै आउट भए । निथित राना पनि ११ रन बनाएर आउट भए, जतिबेला टिमको स्कोर ५५ रन मात्र थियो ।

तर, किरन पोलार्डले आक्रमक पारी खेले र मुम्बईलाई जितको बाटो देखाए । उनले छैटौं विकेटका लागि क्रुनाल पाण्डेयसँग ९३ रनको साझेदारी गरे । पोलार्डले ४७ बलमा ३ चौका र ५ चौकासहित ७० रन बनाए ।

क्रुनालले हार्दिक पाण्डेयसँग मिलेर बाँकी रन पुरा गरे । हार्दिकले १९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै मुम्बईको जित सुनिश्चित गरे । क्रुनाल ३७ र हार्दिक पाण्डेय ९ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको बैङ्ग्लोरले २० ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो । उसका लागि बिराट कोहलीले ६२ रन बनाए भने क्रिस गेल २२ रनको योगदान दिए । गेल टी-२० क्रिकेटमा १० हजार रनको रेकर्ड बनाउन मात्र ३ रनले चुकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment