+
+
Shares

एमाले नेता भन्छन्- मधेसमा कांग्रेस र मोर्चा चिन्न छाडियो !

हार्ने डरले कांग्रेस चुनावबाट भाग्न खोजेको एमालेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते ९:५९

३ बैशाख, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस चुनावको सम्भावित परिणामबाट आत्तिएर स्थानीय चुनाव भाँड्न अग्रसर भएको आरोप लगाएको छ ।

कांग्रेसले संविधान संशोधनबिना चुनाव हुन नसक्ने निष्कर्ष निकाल्नु र बैशाख ३१ को निर्वाचन १० दिन पर सार्न छलफल थाल्नुले यो आशंका जन्मिएको एमालेको भनाइ छ ।

एमाले संसदीय दलका कार्यवाहक नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले कांग्रेस चुनावको सम्भावित परिणामबाट आत्तिएको दाबी गरे । उनले शनिवार कांग्रेसको २ नम्बर प्रदेशको भेलामा व्यक्त धारणा र निष्कर्षबाट चुनावबाट भाग्न खोजेको निष्कर्ष निकाल्न सकिने बताए ।

अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली उपचारका क्रममा थाइल्याण्ड रहेका बेला एमालेले कांग्रेस चुनावबाट भाग्न खोजेको निष्कर्ष निकालेको हो । पार्टी शीर्ष नेताहरुसँगको छलफलपछि नेम्वाङले अनलाइनखबरसँग भने- चुनावको मिति एक दिन पनि सार्नु भनेको संवैधानिक, कानुनी र राजनीतिक कुनै पनि दृष्टिबाट सम्भव छैन ।

एमालेले चुनावको मिति कुनै पनि बहानामा तलमाथि गर्ने वा दुई चरणमा गर्ने कुरा स्वीकार नगर्ने भएको छ । नेम्वाङले अगाडि भने- ‘चुनाव वैशाख ३१ ग्ाते नै हुनुपर्छ, एकै चरणमा हुनुपर्छ, एक दिन पनि तलमाथि हुनासाथ चुनाव हुँदैन ।’

जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले पनि वैशाख ३१ ब्ााट चुनावलाई धकेल्न नमिल्ने नेम्वाङले बताए । उनले भने-१५ दिन अघि नै पि्र बजेटबारे छलफल हुनुपर्छ, सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्छ । कांग्रेसले चुनाव केही दिन पर सारौं वा कुनै समूहलाई पर्खिएरमात्र चुनाव गरौं भन्नु भनेको चुनावबाट भाग्ने नियत हो ।

दुई नम्बर प्रदेशमा पनि चुनाव हुने दाबी

यसबीच नेकपा एमालेले दुई नम्बर प्रदेशमा चुनाव हुन सक्ने दावी गरेको छ । मधेसमा चुनावको वातावरण बनिसकेको र मधेसी मोर्चाका कार्यकर्तासमेत चुनावको तयारीमा रहेको एमालेको दाबी छ ।

एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलले कांग्रेसले भनेजस्तो दुई नम्बर प्रदेशमा चुनावै हुन नसक्ने अवस्था नरहेको बताए । उनले भने- हामीले यसबीचमा मधेसमा सभाहरु गर्‍यौं, अगुवा कार्यकर्ता भेला पनि गर्‍यौं । मधेसी मोर्चाले चुनाव बहिस्कार गरेमा तिनका धेरै कार्यकर्ताहरु अरु पार्टीमा लागेर उम्मेदवार बन्ने तयारीमा छन् ।

कांग्रेसले यसबीचमा मधेसी मोर्चाको आवरणमा एमालेलाई मधेसमा निषेध गर्न अराजक गतिबिधि गरिरहरेको र अहिले चुनावमा एक्लै भाग लिन जाँदा मोर्चाको दबाबमा पर्ने भएकालेे चुनावबाट भाग्न खोजेको आरोप एमालेले लगाएको छ ।

हालै सम्पन्न एमालेको २ नम्बर प्रदेश भेलाले कांग्रेसले मधेसमा मधेसी मोर्चाको ब्यानर प्रयोग गरेर एमाले विरुद्ध भ्रम सिर्जना गरेको निष्कर्ष निकालेको थियो ।

यसबीच एमालेले मधेसमा ठूला कार्यक्रम गर्दा अवरोध हुन थालेपछि साना कार्यक्रम गर्दै पार्टीमा अन्य दलका मधेसी नेता प्रवेश गराउने नीति लिएको स्रोतले जनाएको छ । उनीहरुलाई उम्मेदवार बनाउने गरी एमालेले भित्र्याइएको हो ।

एमाले धनुषाका नेता शीतल साहले भने- यसबीचमा मधेसमा मोर्चा र कांग्रेस चिन्न छाडिएको छ । सप्तरी घटनामा पनि मोर्चाको ब्यानरमा कांग्रेसका स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।

चुनाव हुँदा २ नम्बर प्रदेशमा पनि एमाले जित्ने देखिएपछि कांग्रेसले मोर्चा देखाएर चुनाव भाँड्न खोजेको साहले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?