+
+
Shares

‘काउसो’मा सविन र अनुको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते १०:३९


नायक सविन श्रेष्ठ एक्सनमा चर्चित छन् । उनको अभिनय भन्दा पनि एक्सनमा दम छ भनिन्छ । उनी चलचित्रको पर्दामा रोमान्टिक पनि देखिन्छन् । रीलमा मात्रै हैन रीयलमा समेत केहि नायिकाहरुसंग रोमान्समा रमाएका सविन चलचित्र ‘काउसो’मा नयाँ नायिका अनु पराजुलीसँग रोमान्सको तयारीमा छन् ।

मदन घिमिरेको निर्देशनमा निर्माण हुने चलचित्र ‘काउसो’मा सविन मुख्य भुमिकामा छन् भने अनुले सविनको प्रेमिकाको भुमिका निर्वाह गर्दैछिन् । अर्नभ फिल्मस्को दोश्रो प्रस्तुतिका रुपमा निर्माण हुने चलचित्र ‘काउसो’को वैशाख १५ देखि निर्माण सुरु गरिने निर्माण पक्षले जनाएको छ ।

सविन र अनुको अतिरिक्त अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताराम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउतलगायतको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?