Comments Add Comment

साम्राज्ञीको समय नमिल्दा जोडी बन्न सकेनौः सोहित मानन्धर


नायक सोहित मानन्धरले केही चलचित्रमा अभिनय गरिसकेका छन् । तर, उनलाइ अझै पनि परिचय बनाउन मुश्किल परिररहेको छ । उनै, सोहित जेठ १२ गतेबाट रिलिज हुने चलचित्र ‘हिटलर’बाट आफ्नो परिचय बन्नेमा ढुक्क छन् । यो चलचित्रमा उनी सोलो नायक हुन् । यो चलचित्रबाट नयाँ सोहित जन्मने धेरैको वुझाई छ । उनै, सोहितसँग अनलाइनखबरले गरेको टी टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म ढिलोमा बिहान ७ बजे उठिसक्छु ।

उठेपछि ?
ब्रेकफाष्ट खाएपछि क्लब जान्छु र जिम गर्छु ।

आजको कार्यक्रम ?
आज चलचित्र ‘हिटलर’को प्रमोशन कार्यक्रममा जानुछ । दिउँसो डबिङ छ त्यसपछि कोटेश्वरको एउटा कलेजमा चलचित्र प्रमोशनसँग सम्बन्धित कार्यक्रममा जानु छ ।

‘हिटलर’बाटै तपाइको पुनरागमन हुँदैछ भन्छन् हो ?
अघिल्ला चलचित्रमा पनि मैले अभिनय त राम्रै गरेको थिएँ तर, सिनियर कलाकारको छायाँमा परेँ । ‘हिटलर’मा मेरै मुख्य भुमिका रहेकाले अपेक्षा बढी नै छ ।

तपाई केटीसँग बोल्द निकै लजाउनुहुन्छ रे हो ?
अँ, म सानोमा लजालु थिएँ । तर, अहिले अलि कम भएको छ । तर, पनि नानीदेखि लागेको बानी छुट्दो रहेनछ । नयाँ केटीसँग बोल्दा हल्का लजाउँछु ।

स्कुल पढ्दाका साथीहरु कति सम्पर्कमा छन् ?
धेरै साथीहरु त बाहिर गए । दुइजना आफ्नै ब्यापार गरेर बसेका छन् । तीसँग भने वेला वेलामा कुरा हुन्छ ।

गोजीमा कति पैसा बोक्नु हुन्छ ?
तीनदेखी चार हजार छुटाउँदिन ।

खर्च कति हुन्छ ?
खासै धेरै हुँदैन । साथीभाई भेटघाट हुँदा २/३ हजार खर्च हुन्छ, नत्र खर्च हुन्न ।

दिनमा कति मिनेट टेलिफोनमा कुरा गर्नुहुन्छ ?
पहिला त आधा घण्टा पनि हुन्थेन । चलचित्रको प्रमोशन सुरु भएपछि २/३ घण्टा हुन थालेको छ ।

प्राय कति पैसाको रिचार्ज कार्ड किन्नुहुन्छ ?
मोबाइलमा खासै धेरै खर्च हुन्न । प्रायः एकसय र दुइसयको रिचार्ज कार्ड किन्छु ।

तपाईलाई मन पर्ने हिरोइन ?
मलाई साम्राज्ञी राज्यलक्ष्मी राणा मन पर्छ । ‘हिटलर’मा पनि उहाँलाई काम गराउने कुरा थियो तर उहाँको समय मिलेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment