Comments Add Comment

एमालेले राजनीतिक संवेदनशीलता बुझेनः गृहमन्त्री निधी

दुई चरणमा चुनाव गर्न तयार हुनुपर्छ

३ बैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि मुलुकको राजनीतिक संवेदनशीलतालाई नबुझेको आरोप लगाएका छन् । साथै उनले मधेसको असन्तुष्टि सम्बोधन नगरी गरिने चुनावले द्वन्द्व जम्माउने खतरा रहने बताए ।

संसदका राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री निधीले राजनीतिक सहमतिका लागि मोर्चा र एमाले तयार हुनुपर्ने तर दुवैले ‘मेरो गोरुको बाह्र्रै टक्का’को व्यवहार देखाइरहेको बताएका हुन् । एमाले प्रमुख दल भएकाले बढी जिम्मेवार बन्नुपर्ने तर, त्यस्तो व्यवहार नदेखाएको निधीको आरोप छ ।

गृहमन्त्री निधीले एमाले र मधेसी मोर्चाका कारण राजनीतिक सहमतिको वातावरण बन्न नसकेको बताए । उनले भने, मोर्चा र एमालेले देशको संवेदनशीलतालाई बुझेर लचकता नअपनाउँदासम्म राजनीतिक वातावरण बन्ने स्थिति छैन ।’

उपप्रधानमन्त्री नीधिले मोर्चालाई सहमतिमा ल्याएर निर्वाचनमा भाग लिने अवस्था बनाउनसरकारले सम्वाद गरिरहेको बताए । उनले मधेसी मोर्चा चुनावमा आउने आधारमा सरकारले संविधान संशोधनको नयाँ विधेयक ल्याइएको बताए ।

दुई चरणमा चुनाव गर्न तयार हुनुपर्छ .

गृहमन्त्री निधीले एक क्षेत्रको भावनालाई सम्बोधन नगरी निर्वाचनमा जाँदा मुलुक द्वन्द्वमा फस्न सक्नेतर्फ सर्तक गराए । उनले भने, ‘निर्वाचन त गराउन सकिएला तर, मधेसका जनताको माग सम्बोधन नगरी गरिने चुनावले द्वन्द्व जन्माउला भन्ने डर छ ।’

नीतिगत रुपमा सरकार बैशाख ३१ गते एकै चरणको निर्वाचनको तयारीमा रहेको उनले बताए ।

तर, असहमतिमा हुने दोस्रो चरणको निर्वाचन भन्दा सहमतिमा हुने दोस्रो र तेस्रो चरणका चुनाव देशको हितमा हुने उनले बताए । गृहमन्त्री निधीले भने, राजनीतिक सहमतिमा दुई चरणको चुनाव गर्नु परे पनि तयार हुनुपर्छ । यसले देशलाई निकास दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment