Comments Add Comment

धुर्मुस-सुन्तलीलाई झापामा नागरिक अभिनन्दन

गृह जिल्लाबाट अभियानलाई १४ लाख ३३ हजार सहयोग

३ वैशाख, झापा । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि समाजसेवामा सक्रिय बनेका हास्य कलाकार सिताराम कट्टेल -धुर्मुस) र कुञ्जना घिमिरे -सुन्तली) लाई झापामा नागरिक अभिनन्दन गरिएको छ ।

कट्टेलको यो गृह जिल्ला हो । उनी झापाको गौरादह-४ का स्थायी वासिन्दा हुन् । वीरता जेसीजले आइतबार विर्तामोडमा आयोजना गरेको एक भव्य समारोहका वीच उनीहरुलाई जिल्लाका विभिन्न संघसंस्थाले अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले धुर्मुस र सुन्तलीलाई सम्मान पत्र एवम् मेडल प्रदान गरे ।

सोही अवसरमा जिल्लाका विभिन्न संस्थाले धुर्मुस सुन्तलीको अभियानमा सहयोग पुर्‍याउनका लागि १४ लाख ३३ हजार रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेका छन् ।

यी दुई हास्य कलाकारले ‘धुर्मुस सुन्तली फाउन्डेशन’ मार्फत काभ्रेको पहरे बस्ती, सिन्धुपाल्चोकको गिरान्चौर र महोत्तरीको बर्दिवासमा एकीकृत नमूना बस्ती बनाइसकेका छन् ।

कार्यक्रममा बोल्दै गर्दै धुर्मुसले आफ्नो गृह जिल्लामा यसरी सम्मानित हुन पाउँदा गर्व महसुस भएको बताए ।

त्यस्तै, सुन्तलीले सम्मानले आफूहरुलाई चुप लागेर बस्न नदिने भन्दै अझै थप सामाजिक कार्य गर्ने प्रेरणा मिलेको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment