Comments Add Comment

राष्ट्रपति विद्यादेवी नयाँदिल्लीमा, राज्यमन्त्रीले गरिन् स्वागत

४ बैशाख, नयाँदिल्ली । भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राज्यमन्त्रीले स्वागत गरेकी छन् । नयाँदिल्लीको ईन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई महिला तथा बालबिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी हुन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् ।

तर, भारत सरकारले भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई स्वागतका लागि विमानस्थल पठाएको छ । यसबाट भारतले राष्ट्रपति भण्डारीको भ्रमणलाई कम प्राथमिकता दिएको झल्किने परराष्ट्र मामिलाका जानकार बताउँछन् ।

त्यसअघि विमानस्थलमा ओर्लिएलगत्तै भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले स्वागत गरेका थिए । इन्दिरागान्धी विमानस्थलबाट राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरेकी छन् ।

समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार नयाँदिल्ली गएकी हुन् । भारत बसाइको क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किनेछिन् । राष्ट्रपति भारत जाने दिन सार्बजनिक विदा दिएको सरकारले उनी फर्किने दिन शुक्रबारको विदा भने फिर्ता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment