Comments Add Comment

मासिक श्राव बारे जान्नै पर्ने केही कुरा ?

मासिक श्राव हुनु स्वभाविक प्रकिया हो । निश्चित उमेर पुगेपछि महिलाहरुमा मासिक श्राव हुन्छ । तर, सबैको मासिक श्राव एकसमान हुँदैन । कतिपयलाई यसले धेरै पीडा दिन्छ भने, कतिलाई सामन्य ।

मासिक श्रावको बेला महिलाहरु भावनात्मक रुपले समेत कमजोर हुन्छन् । कतिले यतिबेला बढी थकान र कमजोरी महसुष गर्छन् । यो सबै हर्मोनमा हुने गडबडीले गर्दा हो । अतः यहाँ मासिक श्रावसँग जोडिएका केही लक्षणका बारेमा बताइदैछ, जसले तपाईको स्वास्थ्यस्थिती बारे बताउनेछ ।

मासिक श्राव अचानक बन्द हुनु

नियमिन रुपमा भइरहेको मासिक श्राव अचानक बन्द हुनुको लक्षण के हो ? तपाई गर्भवती हुनुभयो । यदि त्यस्तो अवस्था छैन भने अरु शारीरिक समस्या हुनसक्छ । जस्तो कि असामन्य थाइराइड ग्रन्थी, लो बडी फ्याट, तनाव आदि ।

मासिक श्रावमा दुखाई

के मासिक श्रावको बेला तपाईलाई असाह्य पीडा हुन्छ ? त्यसो हो भने एन्डोम्याटि्रओसिस, फिब्रोइड्स, गर्भाशयको संरचनामा असमान्यता हुनसक्छ । विगतमा भएको घाउले पनि समस्या निम्त्याएको हुनसक्छ ।

धेरै रक्तश्राव

यदि मासिक श्रावको बेला धेरै रगत बग्छ भने तपाईलाई हेमोफीलिया वा फिब्रोइड्स हुन सक्छ । यो हर्मोनको असन्तुलनको कारण हुने हो । जस्तो कि एस्ट्रोजन र प्रोजेस्टेरोनको स्तरमा परिवर्तन हुनु । धेरै कम मात्रमा चाहि यो गर्भाशयको क्यान्सरको संकेत हुनसक्छ ।

अनियमित मासिक श्राव

महिलाहरुमा अनियमित मासिक श्रावको समस्या पनि हुन्छ । यसलाई बेवास्ता नगरौ । यो हर्मोनको असन्तुलन लगायत फिब्रोइड्स, पालीप्स आदिको कारणले हुनसक्छ । त्यसैले तुरुन्तै स्त्रि रोग बिशेषज्ञसँग परामर्श लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment