+
+

गृहमन्त्री निधीको टि्वटले निर्वाचन आयोग आश्चर्यचकित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते २०:१८

४ बैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लिएर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले गरेको टि्वटप्रति आपत्ति जनाएको छ । निर्वाचनको सम्पूर्ण व्यवस्थापन गर्ने कार्य आयोगबाट करिब पूरा समेत आयोगले बताएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ‘गृहमन्त्रीज्यूले गर्नु भएको ट्वीटले निर्वाचन आयोगको कामकारवाही प्रति आमजनमानसमा द्विविधा उत्पन्न भएकोले ट्वीट मार्फत् व्यक्त भएको अभिव्यक्तिप्रति आयोग आश्चर्यचकित भएको छ ।’

साथै स्थानीय तहको निर्वाचन पूर्वनिर्धारित समयमै सम्पन्न गराउने कुरामा विश्वस्त रहन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले चुनावका लागि अहिलेसम्म भएका कामकारबाहीबारे पनि जानकारी दिएको छ । उसका अनुसार मतदाता परिचय-पत्र छपाई गर्ने कार्य अन्तिम चरणमा पुगेको छ मतदाता नामावली सार्वजनिक भइसकेको छ ।

१ करोड ६० लाख थान मतपत्र जनक शिक्षा समाग्री केन्द्रबाट छपाइ भइरहेको र ७ गते भित्र सम्पूर्ण मतपत्रको छपाई कार्य पूरा हुने अवस्थामा रहेको आयोगले जनाएको छ । निर्वाचन सामग्रीहरु जिल्लाहरुमा पठाउने सुरु भइसकेको छ भने बैशाख दोस्रो हप्तादेखि मतपत्र ढुवानी सुरु हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?