+
+
Shares

चुनाव तयारीमा दलको ढिलाइ, प्रतिपक्ष भन्छ – सरकारले नै अन्योल बढायो

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते ६:३२


५ वैशाख, काठमाडौं । स्थानीय निर्वाचन मिति नजिकै आइसके पनि राजनीतिक दलको चुनाव तयारी ‘कछुवा गति’मा सीमित छ जसले सर्वसाधारणमा समेत अन्योल बढाएको छ । दलले सक्रियता नदेखाउँदा चुनावी रौनक जेजस्तो हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन ।

प्रतिपक्ष दलले भने सरकारले नै चुनावमा अन्योल बढाएर वातावरण बन्न नदिएको आरोप लगाएको छ । राजनीतिक दलले अझसम्म आआफ्नै उम्मेदवार चयन गर्न सकेका छैनन् । घोषणापत्र र चुनावी नारा तय गर्न पनि उनीहरु पछि परेका छन् ।

पहिलो ठूलो दल नेपाली कांग्रेसले चुनावी नारा तय गरे पनि घोषणापत्र सार्वजनिक गर्न सकेको छैन । दोस्रो र तेस्रो ठूला दल एमाले र नेकपा माओवादी केन्द्रले पनि घोषणापत्र तयार पार्न सकेका छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?