+
+
Shares

राष्ट्र बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल र रेग्मी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते १२:५०

५ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. श्रीराम पौडेल पुनः नियुक्त भएका छन् । गत चैत १५ गते कार्यकाल सकेर पौडेलले राष्ट्र बैंकको स्वतन्त्र सञ्चालकबाट अवकाश पाएका थिए । पौडेलसँगै डा. रामहरी अर्यालले पनि सोही मितीमा अवकाश पाएका थिए ।

यता, दुई सञ्चालक पद मध्ये एकमा नेप्सेका हालका अध्यक्ष रामजी रेग्मी पनि नियुक्त भएका हुन् ।

‘आधिकारिक पत्र आइपुगेको छैन्, तर दुई सञ्चालकमा पौडेल र रेग्मी नियुक्त हुनु भएको खबर आएको छ,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।

अर्का एक सञ्चालक बालकृष्ण मान सिंह भने योग्यता विवादको कारण निलम्बनमा परेका थिए । राष्ट्र बैंकमा गभर्नर, दुई डेपुटी गभर्नर र अर्थसचिव बाहेक अन्य तीन जना स्वतन्त्र सञ्चालक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?