सौखिन धनाड्यको छवी बनाएका र जीवनका भयानक आर्थिक उतार-चढाव झेलिरहेका भारतीय उद्योगी विजय माल्याको बिलासी जीवनशैली कम्ता घतलाग्दो थिएन ।
उनी, किङफिसर एयरलाइन्सका मालिक । वाहिरी हल्ला के छ भने, उनलाई उडिरहेको निजी जहाजमा सुरा र सुन्दरीका साथ चाहिन्थ्यो । हरेक क्षण नव-जवान सुन्दरीहरुबाट घेरिएर बस्न रुचाउने माल्यन समुन्द्रमाथि तैरिरहेका आफ्नो विलासी पानीजहाजमै भव्य भोज आयोजना गर्थे ।
उनी विश्वमै सर्वाधिक बिक्री हुने रक्सी कम्पनीका मालिक पनि । उनको युनाइटेट स्पि्रट्स कम्पनीबाट उत्पादित बियरले अन्तर्राष्ट्रिय बजारमा भारतको नेतत्व गरेको थियो । उनी पेज थ्री पार्टीमा अक्सर कामुक सुन्दरीका साथमा हुन्थे । किंगफिसर क्यालेन्डरका लागि ‘विकिनी सुट’ गर्ने नवप्रवेशी मोडलसँग उनको सामिप्यता पनि गजबको हुन्थ्यो ।
उनी लक्जरी कारका पनि सौखिन । उनको ग्यारेजमा २ सय ५० भन्दा बढी त लक्जरी कार मात्र हुन्थ्यो । संसारको सर्वाधिक महंगो र चल्तीको शहरमा उनको शानदार घरहरु थियो ।
किंग अफ गुड टाइमको उपमा पाएका माल्या हालै बेलायतको राजधानी लन्डनमा पक्राउ परे । लन्डन नजिकैको तिवेन गाउँमा माल्याको शानदार बंगला थियो । ३० एकड जमिनमा फैलिएको यस बंगाला बेलायतकै सबैभन्दा ठूलो घरमध्येमा पर्छ ।
बंगलाको नाम हो, लेडीवाक । उनले यो बंगला २००८ मा फर्मूला वान रेस च्याम्पियन लुईस हेमिल्टनबाट करोडौंमा किनेका थिए । कतिसम्म यो बंगलामा नोकर चाकरका लागि समेत स-सना कटेज बनाइएको छ । त्यसो त लन्डनमा उनको अर्को पनि बंगला छ ।
भातरको गोवामा रहेको उनको किङफिसर भिल्लाको बारम्बार चर्चा हुने गथ्र्यो । यो भिल्ला सडकदेखि समुन्द्रसम्म फैलिएको छ । यसलाई विशेषत गोवाको स्टाइलमा डिजाइन गरिएको थियो । अहिले त्यो भिल्ला लिलामीमा विक्री गरिएको छ । यसअघि पटक पटक लिलामीमा राखिएको यो भिल्लाको खरिद गर्ने भेटिएका थिएन ।
बेंगलुरुमा उनको किंगफिसर टावर पनि थियो । ३४ फ्लोरको यो टाउनशिपमा ३ ब्लक्स, ८२ अपार्टमेन्ट छ । यहाँ माल्यको पेन्ट हाउस पनि थियो । यसमाथि एक सानदार हेलिप्याड समेत छ । यहाँको एउटा फ्ल्याटको मूल्य चालिस करोड बराबर थियो । माल्यको न्युर्योक, अफ्रीकाको जोहानिसबर्गमा समेत आलिशान घर थियो ।
उनी निजी हवाइजहाज, पानीजहाज मालिक । उनीसँग बोइङ ७५७, एयरबस ए ३१९, हाकर एचएस १२५ र गल्फ स्टि्रम ३ जस्ता प्राइभेट जेट प्लेन पनि छ ।
माल्या २ वटा लक्जरी पानीजहाजका पनि मालिक थिए । त्यही जहाजमा हेलिप्याड र २ मर्सडिज कार राख्ने व्यवस्था समेत थियो ।
पछिल्लो समय भने उनी ऋणमा चुर्लुम्मै डुबेर भारत छाड्न बाध्य भए । उनलाई १७ वटा बैंकको भारु ७ हजार ८ सय करोड ऋण छ ।
केहि रोचक कुरा
– माल्याको सबैभन्दा पुरानो र शानदार घर क्यालिफोर्नियामा छ, जुन उनले १९८७ मा खरिद गरेका थिए । यो घर करिब ११ हजार वर्गफिटमा फैलिएको छ ।
– दक्षिण अफ्रीकाको जोहनिसबर्गस्थित माल्याको एक गेम लज थियो । १२ हजार हेक्टरमा फैलिएको यो सबैभन्दा उत्कृष्ट गेम लज हो । यसमा धेरै पंक्षी र जनवार पालिएको छ ।
– फ्रान्सको फेन्च रिवेरा आइल्यान्ड लर्निसमा उनको महंगो प्रपर्टी छ, जसलाई द ग्रेन्ड गार्डेन नाम दिइएको छ ।
– माल्या घोडाका पनि सौखिन । उनले कर्नाटकमा आलिशान हर्स फार्म हाउस खरिद गरेका थिए । करिब ४ सय एकडमा फैलिएको यो र्फम हाउसमा माल्या हर्स राइडिङका भरपुर मज्जा लिन्थे ।
– माल्यालाई पार्टी लभर्सको रुपमा पनि चिनिन्छ, उनी हाइ प्रोफाइल पार्टीका कारण सँधै चर्चामा रहन्थे ।
– ज्वेलरी खासगरी हीरा लगाउन रुचाउने माल्याको ब्रासलेट, औठी, कानको रिंगमा महंगो हिरा जडान गरिएको छ ।
– कोस्टल फूडका सौखिन उनी चिकन करी र केन फिस औधी रुचाउँछन् ।
पिताको विरासतमा मिलेको कारोबार
१९६६ मा कोलकातामा जन्मिएका विजय माल्यालाई मदिराको व्यवसाय उनको पिताबाट विरासतमा मिलेको थियो । २८ बर्षको उमेरसमा माल्या युनाइटेड बैभरेज ग्रुपको अध्यक्ष बने । यसपछि उनले कम्पनीलाई विस्तार गरेर देश विदेशमा फैलाए । उनको नेतृत्वपछि कम्पनीले लामो फड्को मार्यो ।
यूबी ग्रपमा ६० कम्पनी
माल्याले विस्तारै बर्जर पेन्ट्स, बेस्ट एन्ड क्राम्पटन, म्याङलोरको केमिकल एन्ड फर्टिलाइजर जस्ता कम्पनी अधिग्रहण गरे । उनले किंगफिसर ब्रान्डका विश्वभर बियरको कारोबार फैलाए । उनैले किंगफिसर एयरलाइन्स पनि स्थापना गरे । यसका साथै, केमिकल, फर्टिलाइजर, इलेक्टि्रक क्षेत्रमा पनि उनको युबी समूह सक्रिय छ ।
खेलमा दबदबा
– १९९६ मा माल्या पहिलो यस्ता कारोबारी बने, जसले वेस्टइंडिजका पुरै क्रिकेट टिमलाई स्पोन्सर गरे ।
– २००७ मा माल्याले फर्मुला वान रेसिङ टिम स्पायकर खरिद गरेर भारतमा पहिलो पटक एफ वान रेसिङ टिम बनाए ।
– आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलुरुको टिम, किंगफिसर इस्ट बंगाल फुटवल क्लबका मालिक हुन्, माल्या ।
किंग साइज लाइफ
– २ सय घोडाका मालिक
– २ सय ५० भिन्टेज कार कलेक्सन
– भारु ४ सय ५० करोड रुपैयाँको लक्जरी याट
– केहि निजी विमान, वोइङ ७२७ र गल्फस्ट्रीम खरिद गरेका थिए ।
– उनको विश्वभर २६ वटा घर थियो ।
प्रतिक्रिया 4