Comments Add Comment

चुनावी रणनीति बनाउन बालुवाटारमा ५ दलको बैठक

फाइल तस्वीर

६ बैशाख, काठमाडौं । प्रमुख राजनीतिक दलहरुवीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको रणनीति बनाउन संयुक्त बैठक आयोजना गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान बालुवाटारमा ५ दलको बैठक बोलाएका हुन् ।

बिहान ९ बजे बोलाइएको बैठकमा नेपाली कांग्रेस, एमाले माओवादी राप्रपा र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई निम्त्याइएको प्रधानमन्त्रीको निजी सचिवालयले अनलाइनखबरलाई जानकारी दियो ।

बैठकमा पाँचै दलका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

बैठकमा दलहरुको चुनाव चिन्हबारे छलफल हुने स्रोतले बतायो । साथै मधेसी मोर्चालाई निर्वाचनमा कसरी सहभागी गराउन सकिन्छ भन्नेबारेमा पनि छलफल गरिने सचिवालयले जानकारी दिएको छ ।

साथै राप्रपाले राख्दै आएको असन्तुष्टिका विषयमा पनि संयुक्त बैठकमा छलफल हुने बताइएको छ ।

मधेसी मोर्चा निर्वाचनमा आएन भने पनि बैशाख ३१ गते निर्वाचन गर्नुपर्नेमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका ५ प्रमुख दलहरु दृढ देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment