Comments Add Comment

देउवा र उपेन्द्र यादववीच छलफल, मोर्चालाई चुनावमा ल्याउने तयारी


६ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउन सत्तापक्षका नेताहरुले सम्वाद तीब्र पारेका छन् । यसैक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र संघीय गठबन्धनका नेता उपेन्द्र यादववीच मंगलबार छलफल भएको छ ।

कांग्रेस सभापति देउवा पार्टीको चुनावी सभालाई सम्वोधन गर्न मंगलबार झापा पुगेका थिए । मोर्चाका नेता उपेन्द्र यादवचाहिँ पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका थिए ।

स्रोतका अनुसार कांग्रेस सभापति देउवा र संघीय गठबन्धनका नेता यादववीच टेलिफोनमा सम्वाद भएको हो । सम्वादका क्रममा देउवाले मोर्चालाई पनि चुनावमा सहभागी गराउन सरकार तयार रहेको बताएका थिए ।

कांग्रेस सभापति देउवाले झापाको दमकमा आयोजित आमसभालाई सम्वोधन गर्दै यदि मधेसी मोर्चा चुनावमा आउँछ भने दुई चरणमा निर्वाचन गराउन सरकार तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

स्रोतका अनुसार मधेसी मोर्चा पनि निर्वाचनमा आउने ग्यारेन्टी भएको अवस्थामा सरकारले दुई चरणमा चुनाव गरेर भए पनि उसलाई समेट्न नीति लिएको छ । तर, मोर्चा आए पनि, नआए पनि बैशाख ३१ गतेको चुनाव नसर्ने सत्तापक्षका नेताहरुको अडान छ ।

उता मधेसी मोर्चाका केही घटकहरु चुनावमा आउन आतुर रहेको र उनीहरुले निर्वाचनमा भाग लिन चाहेको स्रोतले बतायो ।

देउवा र उपेन्द्र यादववीचको सम्वादबारे जानकारी दिँदै सत्तापक्षका एक नेताले भने- ‘मधेसी जनता चुनावमा आउन तयार छन्, मोर्चामा आवद्ध केही दलहरु पनि चुनावमा भाग लिन तयार देखिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment