नेपाली चलचित्रका चर्चित खलनायक सुनिल थापाले अर्का कलाकार विल्सन विक्रम राइको अभिनय देशकै चर्चित नायकहरुको भन्दा उत्कृष्ट भएको बताएका छन् ।
थापाले भने-‘जहिले पनि पोष्टरमा कि त राजेश हमाल, कि त निखिल वा विराजको फोटो हुने गरेको छ । त्यसपछि, केहि नयाँ कलाकार आउनुभयो, उहाँहरुलाई दर्शकले चिनेनन् ।’
विल्सनले अभिनय गरेको चलचित्र ‘रातो घर’को बिषयमा बोल्दै उनले ‘छोरा’को प्रशंसा गरेका हुन् । सुनिलले विल्सनलाई ‘छोरा’ मान्दै आएका छन् । सुनिलकै कारण विल्सनले बलिउडको यात्रा समेत तय गरिसकेका छन् ।
उनले विल्सनले ‘रातो घर’मा गरेको अभिनयको बारेमा भने-‘राजेश हमाल, निखिल उप्रेतीदेखि देशकै चर्चित नायकहरुले अहिलेसम्म गरेको अभिनय भन्दा विल्सनले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेका छन् ।’ उनले ‘रातो घर’ मन नपरे आफूलाई गाली गर्न समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4